सत्ता सहकार्यको रस्साकस्सी : जसपा र जनमत आन्तरिक छलफलमा

लोकपथ
259
Shares

काठमाडौंं । जनता समाजवादी पार्टी ९जसपा० नेपालले वर्तमान गठबन्धन सरकारमा सहभागी हुने मन्त्रीलगायत मुलुकको समसामयिक विषयमा विचार–विमर्श गरेको छ ।

पार्टीको आज बसेको कार्यकारिणी समिति बैठकले सरकारमा सहभागी हुने मन्त्री तथा सरकारमा सहभागी हुँदा पार्टीको मुद्दा र अडानबारे पार्टीका नेताहरुबीच छलफल गरेको हो । बैठकमा मधेस प्रदेश सरकारको सुनिश्चिततालगायत विषयमा नेताहरुले आफ्नो धारणा राख्नुभएको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

“आजको बैठकमा सबै नेताहरुले मधेस प्रदेश सरकारको निरन्तरताको प्रत्याभूति खोज्नुभयो भने सोहीअनुरुप आफ्नो धारणा पनि राख्नुभयो । परिस्थिति अत्यन्तै तरल छ, यसको टुङ्गो लागेपछि मात्रै पार्टी निर्णयमा पुग्छ”, उनले भने । प्रवक्ता सुमनका अनुसार सत्ता साझेदार दलको बैठकको निर्णयपछि पार्टीले पुनः बैठक बसेर आधिकारिक निर्णय गर्नेछ ।

जनमत पार्टीले पनि मधेस प्रदेश सरकारको विषयमा टुङ्गो लागेपछि थप निर्णय गर्ने भएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?