सुनको मूल्यमा उच्च रेकर्ड कायम

लोकपथ
650
Shares

काठमाडौं । सुनको मूल्य निरन्तर बृद्धि भइरहेको छ । आज बुधबार सुनको मूल्य तोलाको १ लाख २३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

हिजो मंगलबार सबै रेकर्ड तोडेर सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको थियो भने आज फेरि ५ सय रुपैयाँ बढेपछि अर्को उच्च रेकर्ड कायम भएको छ ।

चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँ रहेको चाँदी बुधबार १ हजार ४ सय ४० रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?