१३ मङ्सिर २०८०, बुधबार

बाम गठबन्धनले दुई तिहाई ल्याउने भोलिसम्म सबै उम्मेदवार फाइनल

२०७४,कार्तिक,१२,आईतवार १०:४३

0
Shares

काठमाडौ, कात्तिक १२– नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले निर्वाचन अपरिहार्य भएको भन्दै अदालती प्रक्रियाले केही आशंका उब्जिएपनि चुनावको मिति कुनै पनि हालतमा सार्न नहुने तर्क गरेका छन् । आइतबार काठमाडौमा आयोजित कार्यक्रममा पाण्डेले भने ‘मतपत्र २ वटा आवश्यक परे पनि निर्वाचन आयोग सक्षम छ । चुनाव गराउन सक्छ ।’निर्वाचनको मिति जसले सार्छ उसले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पाण्डेले दिए । अदृश्यशक्तिले चुनाव सार्ने प्रयास गरेको आशंका गर्दै पाण्डेले त्यस्ता प्रयास सफल नहुने बताए राष्ट्रको आवश्यकताअनुसार वाम गठबन्धन गरिएको भन्दै पाण्डेले वामतालमेलले एमाले र माओवादीलाई दुई तिहाई बहुमतप्राप्तहुने दाबी गरे । उनले साम्यवाद र एकतन्त्रियशाषनलाद्न खोजेको भन्ने आरोपको खण्डन गरेका छन् । अस्थिर सरकारको विकल्पका लागिदुई दल एक भएको भन्दै पाण्डेले अनावश्यक भ्रम छर्ने काम नगर्न आग्रह पनि गरे मंसिर अन्तिम साता वाम गठबन्धनले बहुमतको सरकार बनाउने पाण्डेको दावी छ कार्यक्रममा सिंचाईमन्त्री संजय गौतमले तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिवद्ध भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्धारित समयमंसिर १० र २१ गते नै चुनाव गराउने दाबीगर्दै मन्त्रीगौतमले चुनाव कुनै पनि हालतमा नसर्ने भन्दै आशंका नगर्न आग्रह गरे । त्यसैगरी राष्ट्रिय जनता पार्टीको महासचिव मनिष सुमनले मधेशी जनताका लागि मुख्य दलहरु कांग्रेस,एमाले र माओवादी एउटै भएको आरोप लगाए । तीन दलमध्ये पनि नेकपा एमाले मधेश विरोधी भएको आरोप लगाउँदै महासचिव सुमनले भने,‘एमालेले त मधेशी जनतालाई केही पनि दिन्न भनेर ठाडै भनेको छ ।’

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार १०:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८