नयाँ सत्ता समीकरणपछि राजनीतिमा माधव नेपालको महत्व बढ्यो !

लोकपथ
350
Shares

काठमाडौं । नयाँ सत्ता समीकरण बन्दा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्णायक शक्ति जस्तो देखिएका छन् ।


१० सिटसहित संसदमा प्रतिनिधित्व गरिरहेका अध्यक्ष नेपालसँग प्रधानमन्त्रीसहित एमाले र कांग्रेसले समेत सहकार्यको प्रस्ताव गरेको छ ।


यसअघि लामो समय कटु सम्बन्ध रहेका एमाले अध्यक्ष केपी ओली समेत नेता नेपाल निवास कोटेश्वरमा पुगेर सत्ता सहकार्यबारे छलफल गरेका छन् ।


मंगलबार साँझ नेपाल निवास कोटेश्वर पुगेका अध्यक्ष ओलीसहित प्रधानमन्त्रीसम्मले उनलाई मनाउने कोशिस गरेका थिए । तर अध्यक्ष नेपालले भने आफ्नो दलले के गर्ने भन्ने विषयमा निर्णय भने दिएनन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पूर्वबर्ती गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएसँगै बिलखबन्दमा परेका नेपाललाई भेट्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु पुगेका छन् । प्रधानमन्त्रीसहित अध्यक्ष ओलीले भेटेपछि बुधबार बिहानै नेपाल निवास कोटेश्वरमा पुगेर नयाँ ढंगबाट अघि बढ्न आग्रह गरेका छन् । यद्यपी नेपालले भने आफूले पार्टीको बैठकमार्फत मात्रै के गर्ने भन्ने निर्णयमा पुग्ने बताए ।

२०७७ साल पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि एकीकृत समाजवादी पार्टी गठन गरेका नेपाल र ओलीबीच कटाक्ष रहेको थियो । तर नयाँ सत्ता समीकरण बनेपछि बामपन्थीहरु एक भएर अघि बढ् नुपर्ने भन्दै ओली नेपाल निवास पुगेर छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?