ग्रिजम्यान भने, ‘नयाँ सिजनसँगै नयाँ क्लबको जर्सीमा मैदानमा उत्रने छु’

एजेन्सी । स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानले नयाँ सिजनसँगै नयाँ क्लबको जर्सीमा मैदानमा उत्रने बताएका छन् । 

ग्रिजम्यानले यहि शनिवार हुने लेभान्तेसँगको खेल नै आफ्नो एथ्लेटिको म्याड्रिडको अन्तिम खेल हुने जानकारी दिए । 

उनलाई स्पेनिस क्लब बार्सिलोनाले १ सय २० मिलियन युरोमा क्लब भित्र्याउने तयारी गरिरहेको छ ।  उनले भने, ‘म प्रशंसकहरुलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले मलाई यति धेरै माया दिए, र मैले क्लब छाड्ने निर्णय लिएको छु ।’ 

सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिकोमा आवद्ध भएका उनले २ सय ५६ खेलमा १ सय ३३ गोल गरिसकेका छन् । उनले युरोपा लिग, स्पेनिस सुपर कप र युइएफए सुपर कप क्लबलाई दिलाउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?