कांग्रेसले लियो सरकारलाई दिएको समर्थन फिर्ता

लोकपथ
175
Shares

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार पूर्वबर्ती गठबन्धन भत्काएर एमालेसँग नयाँ समीकरण बनाएसँगै कांग्रेसले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।


यससँगै प्रधानमन्त्री प्रचण्डले पुुनः विश्वासको मत लिनुपर्ने भएको छ । कुनै दलले समर्थन फिर्ता लिएको एक महिनापछि सरकारले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?