काँग्रेस चुनाव प्रचारमा, वाम गठबन्धन अझै छलफलमा

भीमदत्तनगर, १२ कात्तिक । आगामी मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरले निर्वाचन गतिविधि अघि बढाएको छ कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याउन बाँकी रहनुका साथै यहाँका ६ वटै प्रदेश सभाका लागि उम्मेदवार टुंगो नलागे पनि निर्वाचन गतिविधि अगाडि बढाउन काँग्रेसको जिल्ला कार्यसमितिले जिम्मेवारी समेत प्रारम्भिक चरणमा बाँडफाँड गरिसकेको छ केही दिनअघि मात्रै कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाको उम्मेदवारमा पार्टी केन्द्रीय सदस्य नारायणप्रकाश साउद र निर्वाचन क्षेत्र नं ३ मा अर्का केन्द्रीय सदस्य रमेश लेखकलाई उम्मेदवार बनाएसँगै चुनावी प्रचारप्रसारलाई नेताहरुले अघि बढाएका छन् प्रदेश नं ७ सुदूरपश्चिमको राजनीतिमा राम्रो प्रभाव रहेका नेताद्वय साउद र लेखकले उम्मेदवारको टुंगो लाग्नुअघि देखि नै आफ्नो निर्वाचन क्षेत्रमा दौडधूप शुरु गरिसकेका थिए नेका कञ्चनपुरका पार्टी सभापति हरिप्रसाद बोहराले जिल्लाभरको निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रमा पार्टीबाट जिल्ला सदस्यलाई जिम्मेवारी दिएर निर्वाचनका लागि खटाइसकेको जानकारी दिनुभयो । त्यसका साथै भ्रातृ संगठन परिचालनका लागिसमेत काँग्रेसले नेतालाई जिम्मेवारी दिइसकेको छ यसअघि कञ्चनपुरका चारवटै निर्वाचन क्षेत्रमा काँग्रेसले बाजी मारेको थियो । अघिल्लो पटकको जित परिणामलाई कायम राख्न कांग्रेस नेता सक्रिय भएर लागेका छन् त्यसैगरी, नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन भने कञ्चनपुरको निर्वाचन क्षेत्र बाँडफाँडकै विषयमा छलफलमा छ । कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ लाई एमाले र माओवादीले आ–आफ्नो दाबी गर्दै छाड्न नचाहेकाले जिल्लामा उम्मेदवार टुंग्याउन ढिलाइ भएको हो । एमालेका उपसचिव रणबहादुर महराले कञ्चनपुरका तीन मध्ये दुईवटा निर्वाचन क्षेत्र एमाले र एउटा निर्वाचन क्षेत्र माओवादीलाई दिने शीर्ष तहमा सहमति भइसकेको जानकारी दिनुभयो “यहाँको निर्वाचन क्षेत्र नं १ माओवादीलाई दिने भन्ने भएको छ,” एमाले उपसचिव महराले भन्नुभयो – “निर्वाचन क्षेत्र नं २ र ३ एमालेको भागमा परेको छ ।” उहाँले निर्वाचन क्षेत्र टुंगो लागे पनि पार्टीबाट बन्ने उम्मेवारको भने टुंगो नलागेको बताउनुभयो उहाँका अनुसार सोमबारभित्रै उम्मेदवारको टुंगो लागेपछि जिल्लामा चुनावी गतिविधिलाई तीव्रता दिइने छ । त्यसैगरी माओवादी केन्द्रका कञ्चनपुर संयोजक वीरबहादुर थापाले माओवादीलाई यहाँको निर्वाचन क्षेत्र नं १ भागमा परेको आधिकारिक घोषणा नभएको बताउनुभयो “हामी पनि त्यै घोषणाको पर्खाइमा छौंँ” संयोजक थापाले भन्नुभयो–“प्रदेश सभामा पनि निर्वाचन क्षेत्र नं २ को ‘ख’ र ३ को ‘ख’ माओवादीलाई दिने सहमति भएको सुनियोे ।”निर्वाचन क्षेत्र नं १ माओवादीको भागमा परे सो पार्टीबाट नेत्री बिना मगर उम्मेदवार बन्ने प्रवल सम्भावना रहेको माओवादी स्रोतले जनाएको छ । वाम गठबन्धनका उम्मेदवारका आकांक्षी यतिबेला राजधानीमै छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?