कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

लोकपथ
0
Shares


काठमाडौं । अप्रत्यासितरुपमा सत्ता विमुख भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कांग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?