शेयर बजार दोहोरो अङ्कले वृद्धि

काठमाडौं । शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार सूचक १४ दशमलब १२ बिन्दुले बढेर एक हजार ३१५ दशमलब ४५ अङ्कमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेन्टिभ परिसूचक १ दशमलब ५ बिन्दुले बढेर २७९ दशमलब ७४ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज ‘मंगलवार’ कूल १ सय ७० कम्पनीको ३१ लाख ६६ हजार ४ सय ६७ कित्ता शेयर  एक अर्ब तीन करोड ७२ लाख ५८ हजार ७ सय २९ मूल्यमा कारोवार भयो ।

कारोवार भएका १२ उपसमूहमध्ये आज व्यापार उपसमूहको मात्रै शेयर घटेको छ । सो उपसमूह ० दशमलब १७ बिन्दुले घटेको छ ।

बैंकिङ १४ दशमलब १४, होटल १७ दशमलब ५७, विकास बैंक ११ दशमलब ६०, जलविद्युत् २ दशमलब ५९, वित्त २ दशमलब ६९, निर्जीवन बीमा १४५ दशमलब ८४, उत्पादन ८४ दशमलब ७१, अन्य ० दशमलब ०८, लघुवित्त ९ दशमलब ५०, जीवन बीमा ४३ दशमलब ०८ र सामूहिक कोष ० दशमलब ०९ बिन्दुले बढेको छ ।
 
स्टकका अनुसार नेपाल बैंक लिमिटेडको प्रतिकित्ता ३ सय १३ का दरले १० करोड ७९ लाख ८५ हजार ६ सय ४४, शिवम् सिमेन्ट प्रतिकित्ता ५ सय ४६ का दरले आठ करोड ४१ लाख ३६ हजार ७ सय, कृषि विकास बैंकको प्रतिकित्ता ४ सय १६ का दरले सात करोड ८६ लाख ९८ हजार ६ सय ६, एनसिसी बैंकको पाँच करोड ५२ लाख २५ हजार ५ सय ५६, प्राइम बैंकको चार करोड ८२ लाख १८ हजार २ सय ७४ र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको तीन करोड १६ लाख ११ हजार ९ सय १० मा कारोवार भई शीर्ष स्थानमा रहे ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेडका शेयरधनीले १० प्रतिशतले कमाएका छन्  । 

त्यस्तै राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीले ९ दशमलब ९९, शिवम् सिमेन्ट ९ दशमलब ८६, भार्गव विकास बैंक ८ दशमलब १५, कृषि विकास बैंक ७ दशमलब ७७, कर्पोरेट डेभलपमेन्ट बैंक ७ दशमलब १४, ओरियन्टल होटल ६ दशमलब ४२ र युनाइटेड मोदी हाइड्रोपार कम्पनीका शेयरधनीले ६ दशमलब ०३ प्रतिशतले कमाए ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ७ दशमलब ५५, जोशी हाइड्रोपावर कम्पनी ५, सपोर्ट माइक्रोफाइनान्स ३ दशमलब ७१, ग्लोबल आइएमई समुन्नत स्किम ३ दशमलब ७० तथा समुन्नत माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकका शेयरधनीले ३ दशमलब ६५ प्रतिशतले गुमाए । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?