अमेरिकी क्लबमा गोली प्रहार, एक महिलाको मृत्यु

लोकपथ
2.1k
Shares

काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यको वेस्ट प्वाइन्टमा रहेको एक क्लब बाहिर गोली चल्दा एक महिलाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । गोलीबारीको यो घटना आइतबार भएको एक अधिकारीले बताए । प्रहरीले २० वर्षीया महिलालाई घटनास्थलमा मृत फेला पारेको थियो ।

अन्य घाइतेहरुलाई सामान्यदेखि गम्भीर चोट लागेको छ । जसमध्ये एक जनाको अनुहारमा गोली लागेको छ । एक पार्टीको विज्ञापन गरिएको र विभिन्न काउन्टीका मानिसहरू सहभागी हुन आएको बताइएको छ।

जसमा करिब ९० प्रतिशत अन्य जिल्लाका रहेको पाइएको छ । क्लबमा सुरक्षा व्यवस्था थियो तर क्लबभित्र कसरी हतियार आयो भन्ने कुरा खुल्न सकेको छैन् । यो वर्ष अहिलेसम्म अमेरिकामा ६६ वटा गोलीकाण्डका घटना सार्वजनिक भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?