सहबाज सरिफ पाकिस्तानको प्रधानमन्त्री बनेपछि विपक्षीको विरोध सुरु

लोकपथ
1.7k
Shares

काठमाडौं । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का वरिष्ठ नेता सहबाज सरिफ दोस्रो पटक पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

शहबाज सरिफले शनिबार प्रधानमन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । उनी बाहेक पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका नेता उमर अयुब खानले पनि उम्मेदवारी दर्ता गराएका थिए तर आइतबार भएको निर्वाचनमा उमरले पर्याप्त समर्थन पाउन सकेनन् । शाहबाज शरीफ प्रधानमन्त्री बनेलगत्तै अयुब खानले यसको विरोध गरेका थिए । उनले देशको नेता चयनका लागि भएको निर्वाचन अवैधानिक भएको आरोप लगाए ।

उनले भने, ‘हामीले जुन सिट पाउनु पर्ने थियो त्यो पाएनौं, त्यसैले सभामुख, उपसभामुख र प्रधानमन्त्रीको निर्वाचन गैरकानुनी हो ।’

यसअघि पीटीआईले ८ फेब्रुअरीमा भएको आम चुनावमा धाँधली भएको आरोप लगाएको थियो । उनले इमरान खानलाई प्रधानमन्त्री नबनाएसम्म विरोध गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?