काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ आज साँझ ५ बजे हुने भएको छ ।
प्रधानमन्त्री कार्यालयले सपथका लागि राष्ट्रपति कार्यालयलाई पत्र पठाएपछि शीतलनिवासमा सपथको तयारी थालिएको हो ।
नेकपा माओवादी केन्द्रले सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ ।
त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डीपी अर्यालले मन्त्रीको शपथ लिने स्रोतले बताएको छ ।
गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री थिए ।
संघीय सत्ता समीकरण फेरबदल भएपछि प्रदेश सरकारमा पनि उथलपुथल हुने निश्चित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया