ट्रम्प विरुद्ध निक्की हेलीको पहिलो जित, रिपब्लिकन पार्टीले प्राइमरी चुनाव जितेर रच्यो इतिहास

लोकपथ
832
Shares

काठमाडौं । अमेरिकामा रिपब्लिकन पार्टीको प्राइमरी चुनावमा निक्की हेलीले पहिलो जित दर्ता गरेकी छिन् । कोलम्बियामा आइतबार भएको प्राइमरी चुनावमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निक्की हेलीले सन् २०२४ को पहिलो जित दर्ता गरेकी हुन् ।

अब सबैको नजर मंगलबार हुन लागेको प्राथमिक निर्वाचनमा छ, जसमा निक्की हेलीले धेरै प्रतिनिधिको समर्थन पाउने अपेक्षा गरिएको छ । निक्की हेली अमेरिकी इतिहासमा रिपब्लिकन प्राइमरी चुनाव जित्ने पहिलो महिला बनेकी छिन् ।

हालसम्म भएका प्राइमरी चुनावमा डोनाल्ड ट्रम्प एकतर्फी रुपमा विजयी हुँदै आएका छन् । तर, कोलम्बियामा उनलाई धक्का लागेको थियो ।

यसका बाबजुद पनि अमेरिकी राष्ट्रपति पदका लागि ट्रम्पको दाबी सबैभन्दा बलियो छ । मंगलबार १६ राज्यमा प्राइमरी चुनाव हुँदैछ र ट्रम्प र निक्की हेलीबीचको प्रतिस्पर्धाको स्थिति मंगलबार स्पष्ट हुनसक्छ ।

धेरै पराजयका बाबजुद निक्की हेलीले राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्न अस्वीकार गरिन्। निक्की हेलीलाई कोलम्बियाका सबै १९ प्रतिनिधिको समर्थन प्राप्त भएको छ ।

यी राज्यहरूमा मंगलबार रिपब्लिकनकाे प्राइमरी चुनाव हुँदै

शनिबार नै डोनाल्ड ट्रम्पले मिसौरी, इडाहो र मिशिगनमा प्राइमरी चुनाव जितेका थिए। ट्रम्पलाई २४४ प्रतिनिधिको समर्थन प्राप्त भएको छ भने राष्ट्रपतिको उम्मेदवारीका लागि १२१५ प्रतिनिधिको समर्थन आवश्यक छ । निक्की हेलीलाई २४ प्रतिनिधिको समर्थन छ ।

मङ्गलबार अलाबामा, अलास्का, अर्कान्सास, क्यालिफोर्निया, कोलोराडो, मेन, म्यासाचुसेट्स, मिनेसोटा, नर्थ क्यारोलिना, ओक्लाहोमा, टेनेसी, टेक्सास, युटा, भर्मन्ट, भर्जिनियामा प्राथमिक निर्वाचन हुँदैछ।

ट्रम्पले हालसम्म आयोवा, न्यु ह्याम्पशायर, नेभाडा, युएस भर्जिन आइल्याण्ड, साउथ क्यारोलिना, मिशिगन, मिसौरी र इडाहोमा जित हासिल गरिसकेका छन् र रिपब्लिकन समर्थकहरूमाझ उनको लोकप्रियतालाई मध्यनजर गर्दै नोभेम्बरमा आमनिर्वाचन हुने विश्वास गरिएको छ । बाइडेनले चुनावमा डोनाल्ड ट्रम्पसँग मात्र प्रतिस्पर्धा गर्न सक्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?