जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ

काठमाडौं- जुवातास खेलिरहेको अवस्थामा काठमाडौंका विभिन्न स्थानबाट २३ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१६ बालाजु बसन्तनगरस्थित लमजुङ घर भएका ५७ वर्षीया देउ कुमारी गुरुङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा देउ कुमारी गुरुङ समेत ६ जनालाई नगद २३ हजार ८ सय ८० रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सुनसरी घर भएका ३४ वर्षीय हरि लिम्बुको हार्मोनियम गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा लिम्बु समेत ९ जनालाई नगद ७१ हजार ५ सय ५५ रुपैयाँ र ४ बुक तास सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी काठमाडौं, नागर्जुन नगरपालिका-२ गैरीगाँउस्थित सिंहबहादुर तामाङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ८ जनालाई नगद ८५ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?