कानपुरका वैभवलाई ‘इण्डियन आइडल १४’को उपाधि

लोकपथ
0
Shares


काठमाडौं । भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन् । उनले उपाधिसँगै २५ लाख रुपैंयाँको चेक र एक ब्रेजा कार उपहार स्वरुप पाए ।

शोको फिनालेमा वैभवसहित शुभदीप दाaस चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिष्पर्धी थिए ।

शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र सेकेण्ड रनरअप भए । उनीहरुले एक ट्रफी र ५ लाख रुपैंयाँको चेक पाए । अनन्या थर्ड रनरअप बन्दै ट्रफी र ३ लाखमा चित्त बुझाइन् ।

शोको पहिलो दुई र नवौं संस्करणको निर्णायक सोनु निगम ग्राण्ड फिनालेको विशेष निर्णायक थिए । रियालिटी शो ‘सुपरस्टार सिंगर’ को आगामी सिजनमा सुपर जजको रुपमा देखिन लागेकी नेहा कक्कड पनि फिनालेमा सहभागी थिइन् ।

वैभवले सन् १९९१ मा रिलिज एक्सन ड्रामा ‘हम’मा रहेको गीत ‘जुम्मा चुम्मा’ प्यारेलाल सिम्फोनी च्यालेन्जका लागि गाएका थिए । उनले फिनालेको अन्तिम गीत सोनू निगमका साथ ‘जोरुका गुलाम’ गाएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?