काठमाडौं । नयाँ सत्ता समिकरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सामेल हुने भएको छ ।
अहिले रास्वपा सभापति रवि लामिछाने अहिले थप छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा रहेको छ ।
सरकारमा सामेल हुनेबारे रास्वपाले विभिन्न माग राखेको छ । यदी आफूहरुले भनेको कुरामा सहमति जनाइए सरकारमा रास्वपा सरकारमा जाने रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले लोकपथलाई जानकारी दिए ।
‘सरकारमा सामेल हुनेबारे हाम्रा केही सर्तहरु रहेका छन् । यदी ती सर्तहरु पूरा हुने हो भने हामी तयार छौँ ।’ उनले भने ।
साथै यदी सरकारमा जाने सहमति भएमा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जानेगरी अघि बढ्ने उनले बताए ।
‘यदी सरकारमा जाने भएमा सभापतिज्यूकै नेतृत्वमा सरकारमा जाने सम्भावना छ ।’ उनले भने ।
राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेससहितको गठबन्धन भत्एिसँगै आज पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन हुने भएको छ । जसमा एमालेबाट पदम गिरी, माओवादीबाट वर्षमान पुुन, रास्वपाबाट रवि लामिछाने मन्त्री बन्नेछन् । साथै राप्रपाले सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गरिसकेको छैन । राप्रपा पनि सरकारमा जाने बारे सकारात्मक रहेको स्रोतले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया