कृष्ण र दीक्षा च्याम्पियन

काठमाडौं । नेपाल आर्मीका कृष्ण थापा मगर र आर्मीकै दीक्षा तामाङ दोश्रो राष्ट्रिय खुला नगद मेयर कप टेबलटेनिस प्रतियोगितामा  च्याम्पियन बनेका छन् । 

पुरुष सिंगल्सको खेलमा कृष्ण तथा महिलामा सोनु पहिलो भएका हुन् ।

रुपेन्देही जिल्ला टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा कृष्णले सुनसरीका महावीर चौधरीलाई ४–२ को सेटमा पराजित गरे ।

बुटवलको नव दिलिप कभर्डहलमा भएको महिला उपाधि भिडन्तमा दीक्षाले नेपाल प्रहरीकी सोनु थापा मगरलाई ४–१ को सेटमा हराइन् ।

पुरुष÷महिला दुवैको विजेताले ४० हजार र उपविजेताले २० हजारका दरले नगद पुरस्कार प्राप्त गरे । विजेतालाई बुटवल नगरपालिकाका मेयर शिवराम सुवेदी, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायलते एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतियोगितामा पुरुषतर्फ ५० र महिलामा ३० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक रुपन्देही जिल्ला टेबलटेनिस संघका सचिव महेश खनालले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?