भिक्टोरियाको फेसन शोमा पेटाको अवरोध

लोकपथ
117
Shares


पेरिस । पेरिस फेसन विकअन्तर्गत फेसन डिजाइनर भिक्टोरिया बेकह्यामको शोमा पशु अधिकारकर्मीहरुले अवरोध गरेका छन् ।

फेसन शो चलिरहँदा अधिकारकर्मीहरुले आफ्ना मोडललाई विरोध स्वरुप -याम्पमा उतारेका थिए । द पिपुल फर द इथिकल ट्रिटमेन्ट अफ एनिमल्स ग्रुप(पेटा)ले फेसन उद्योगमा सामान्यतया जनावरको छालाको प्रयोग भएपछि त्यसको विरोध गरेको जनाएको छ ।

-याम्पमा पेटाका प्रदर्शनकारीहरुले ‘जनावरहरु कपडा होइनन्’ लेखिएका टिसर्ट लगाएर र ‘भिवा शाकाहारी छाला’ लेखिएको संकेतहरु फहराएका थिए ।खुट्टामा चोट लागेर घाइते भएकी भिक्टोरिया शोको फाइनलमा वैशाखीमा देखा परेकी थिइन् ।

भिक्टोरियाले आफ्नो कालो आउटफिटमा मिल्ने गरी बाँया खुट्टामा कालो सुरक्षात्मक बुट लगाएकी थिइन् । वैशाखीको सहारामा ढिलो हिँडे पनि उनले फेसनका प्रशंसक र आलोचकहरुको अग्रपंक्तिलाई पार गरेकी थिइन् । जहाँ भिक्टोरियाका पति डेभिड बेकह्यामका एक समयका टोलीका साथी ब्राजिलियन पूर्व अन्तर्राष्ट्रिय फूटबलर रोनाल्डो पनि थिए ।

उनी त्यो भीडमा कसैलाई चुम्बन गर्दै धन्यवाद भन्दै चुम्बन गर्न एकछिन रोकिएकी थिइन् । भिक्टोरियाको फेसन ब्राण्डमा फूर वा विदेशी छाला प्रयोग गरिँदैन । तर पेटाले केही डिजाइनमा छालाको प्रयोग गरिने जनाएको छ ।

पेटाका युरोपियन अध्यक्ष मिमी बेखेचीले भने, ‘कुनै पनि कपडा वा सहायक उपकरणले संवेदनशिल र बुद्धिमान जनावरलाई हिंसात्मक रुपमा मार्न वा छाला प्रयोग गर्न पाउँदैन । हामी भिक्टोरिया बेकह्यामलाई स्याउ, अंगुर, कटहर, च्याउजस्ता नैतिक र पर्यावरण मैत्री आविस्कारमा फर्कन आग्रह गर्छौ ।’

पेटाका अधिकारकर्मीहरु विघटनकारी विरोधका लागि परिचित छन् । उनीहरु न्यूयोर्क, लण्डन र मिलानमा भएका ग्लोबल फेसन इभेन्टमा नियमित प्रदर्शन गरिरहन्छन् ।

पेरिसमा भएको शोमा ‘स्पाईस गल्र्स’ गायिकाका अटम र विन्टर २०२४ का कलेक्सन देखाइएको थियो ।
डेभिड बेकह्यामले गत महिना इन्स्टाग्राममा जिममा भएको सानो दुर्घटनाका कारण भिक्टोरियाको खुट्टामा चोट लागेको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?