शेयर बजार ६ अङ्कले बढ्यो

काठमाडौं । शेयर बजारमा आज ‘सोमवार’ कारोवार मापक नेप्से परिसूचक ६ दशमलब ३० बिन्दुले बढेर एक हजार ३०१ दशमलब ३४ मा पुगेको छ । 

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १ दशमलब २१ बिन्दुले बढेर २७८ दशमदब २४ कायम भएको छ । 
    
कूल १६९ कम्पनीको २३ लाख ९२ हजार ४ सय ३ कित्ता शेयर ७८ करोड ६४ लाख १२ हजार ८ सय ८ खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज ‘सोमवार’ पाँच उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ ।

बैंकिङ ० दशमलब ८२, होटल २० दशमलब ६४, विकास बैंक ११ दशमलब ९४, जलविद्युत् ३५ दशमलब ४६, उत्पादन ५९ दशमलब ८१, अन्य १४ दशमदब ७३ र सामूहिक लगानी कोष ० दशमदब १ अङ्कले बढेको छ ।

त्यस्तै व्यापार ५ दशमलब ४९, वित्त ० दशमलब ४३, निर्जीवन बीमा २५ दशलब ६५, लघुवित्त १ दशमलब ४६ र जीवन बीमा १३ दशमलब ०६ बिन्दुले घटेको छ । 
    
कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको प्रतिकित्ता ४ सय ९७ मूल्यमा ११ करोड ४६ लाख एक हजार ६ सय ४५ बराबरको कारोवार भयो ।

त्यस्तै प्राइम बैंकको प्रतिकित्ता ३ सय ७२ मा ६ करोड २४ लाख ३० हजार ८ सय ७०, प्रिमियर इन्स्योरेन्स कम्पनीको तीन करोड ७८ लाख ४४ हजार ४५, नेपाल बैंक लिमिटेड रु तीन करोड ७५ लाख ८ सय १७, सिभिल बैंक दुई करोड ९२ लाख ७९ हजार ४ सय ९७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे । 
    
लगातार उकालो लाग्दै आएको शिवम् सिमेन्टको शेयर आज पनि ४५ ले वृद्धि भई प्रतिकित्ता ४ सय ९७ मा पुगेको छ ।

सो कम्पनीको शेयरधनीले ९ दशमलब ९६ प्रतिशत कमाए । त्यस्तै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी ९ दशमदब ५९, किसान माइक्रोफाइनान्स वित्तीय संस्था ७ दशमलब ७९, कर्पोरेट डेभलपमेन्ट बैंक ७ दशमलब ६९, कन्काइ लघुवित्त वित्तीय संस्था ७ दशमलब ३२, भागर्व विकास बैंकका शेयरधनीले  ६ दशमलब ९८ प्रतिशतले कमाए । 
    
त्यस्तै हिमालयन डिस्टिलरीका शेयरधनीले ६ दशमलब ०७ प्रतिशतले गुमाए । युनाइटेड मोदी हाइड्रोपावर ५ दशमलब ६९, जोशी हाइड्रोपावर ४ दशमलब ७६, विशाल बजार कम्पनी ३ दशमलब ८८, सगरमाथा इन्स्योरेन्स ३ दशमल ६०, प्रिमियर इन्स्योरेन्सका शेयरधनीले ३ दशमलब १२ प्रतिशतले गुमाए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?