कांग्रेसको अवरोधपछि प्रदेश ३ को बजेट अधिवेशन स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि प्रदेश ३ को बजेट अधिवेशन स्थगित भएको छ । 

सोमवारबाट शुरु भएको प्रदेश ३ को बजेट अधिवेशनको पहिलो दिनै कांग्रेसले अवरोध गरेपछि मंगलवार बस्ने गरी संसद बैठक स्थगित भएको हो । 

प्रदेशको स्थायी राजधानी र नामकरणले प्रवेश नपाए कांग्रेसले संसद बैठक अवरोध गर्ने चेतावनी दिएको थियो । 

कांग्रेसले पहिला राजधानी र नामकरणको विषय टुंगाएपछि मात्रै बजेटको विषयमा छलफल गर्न दिने बताएको थियो । 

प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेको २० दिनपछि प्रदेशसभाको बैठक बस्न लागेको हो । 

प्रदेश सरकारको चौथो अधिवेशन बजेट अधिवेशन भए पनि मुख्य एजेन्डाको रूपमा प्रदेशको स्थायी राजधानी र नामकरण विषय रहेको छ । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?