सामसुङको लोकप्रिय Galaxy A2 core नेपाली बजारमा

काठमाडौं । सामसुङले आफ्नो लोकप्रिय Galaxy A  लाइन अन्तर्गत नेपाली बजारमा  Galaxy A2 core प्रस्तुत गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले सुलभदरमा  Galaxy A2 core प्रस्तुत गरेको हो । 

‘हामी हाम्रा सबै डिभाइसहरुमा एकदमै नविनत्तम र उत्कृष्ट प्रविधी ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्ध छौ जसले गर्दा हाम्रा सबै खालका फोनले हाम्रा ग्राहकको आवश्यकता पूर्ण गरोस् । ग्यालेक्सी A2 Core ले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने छ जसमा एकदमै परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ,’सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले उल्लेख गरे  । 

540×960 पिक्सल तथा ज्ञटस्ढ  को एस्पेक्ट रेसियोका साथ ५.०० इन्चको टचस्क्रिन डिस्प्ले यसमा रहेको छ । Galaxy A2 Core  मा ५ मेगा पिक्सलको क्यामराको साथ सामसङको Exynos 7870an Octa – Core processor रहेको छ ।  Galaxy A2 Core फोनमा ज्ञटन्द्य को स्टोरेज रहेको छ भने कार्डको सहयोगबाट क्षमता वृद्धि गरी सहजै रुपमा शेयर, स्ट्रीम तथा गेमहरु खेल्ने स्वतन्त्रता प्राप्त गर्न पनि सकिन्छ । 
 
उत्कृष्ट डिस्प्ले
१२.६४ सि एम ९५.०ू० त्तज्म् डिस्प्लेले हरेक कुरा सफा एवं उत्कृष्ट प्रदर्शन गर्दछ । 

उत्कृष्ट क्यामरा
यसमा भएको ५.० मेगापिक्सलको क्यामराले उत्कृष्ट फोटो खिच्दछ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा रहेको छ । 

पर्फमेन्सतथा पावर
यस A2 Core मा Samsung Exynos 7870 Octa – Core processor तथा AnroidTM OreoTM (Go edition) रहेको छ । 

ज्यादा स्टोर
16GB  को इन्टरलन स्टोरेजमा आवश्यक हरेक कुराहरु भण्डारण गर्न सकिने छ । साथै मोबाइलका एपहरुलाई SD कार्डमा स्थानान्तरण पनि गर्न सकिने छ । 

लामो समयसम्म चल्ने ब्याट्री
निरन्तर मनोरञ्जनको लागि  2600mAh को ब्याट्री तथा 1.5X video playback सुविधा रहेको छ ।

मूल्य तथा उपलब्धता
Galaxy A2 core को मूल्य नेपाली बजारमा ९,३९० रहेको छ । Galaxy A2 core Blue, Dark Grey तथा नयमि  गरी आकर्षक तिन रंगमा  नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसङ ब्राण्ड सपहरुबाट उपलब्ध रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?