सेन्सर बोर्डप्रति दिपकराज गिरीको कटाक्ष

लोकपथ
0
Shares


काठमाडौं । फिल्म निर्मातासमेत रहेका अभिनेता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय रहिरहने फिल्मकर्मीमा पर्छन् । उनी समसामयिक विषयमा आफ्ना धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहन्छन् ।

यतिबेला फिल्म ‘रंगेली’ चर्चामा छ । यो फिल्म यही फागुन २५ गतेबाट रिलिज हुँदैछ । केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले फिल्मको नाममा आपत्ति जनाउँदै सेन्सर प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामाजिक सञ्जालमा उक्त निर्णयको विरोध सुरु भएको छ ।

यही परिप्रेक्षमा दीपकराजले फेसबुकमार्फत सेन्सर बोर्डप्रति कटाक्ष गरेका छन् । उनी लेख्छन्, ‘कश्मीर फाइल्स ! उडता पन्जाव !! दिल्ली बिल्ली !!! खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त । यो ‘रंगेली’ चाहिँ किन सेन्सरमा परेछ ‘सेन्सलेस सेन्सर बोर्ड !!’

सेन्सर बोर्डले ‘रंगेली’ रंगेली नगरपालिकामा खिचिएकाले स्थानीय सरकारको सहमति छ या छैन भनेर आफूहरुले बुझ्न खोजेको जनाएको छ । छायांकन भएको थलोको सहमति पत्र ल्याएपछि मात्र सेन्सर सर्टिफिकेट दिने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?