‘भरतपुरलाई अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्य बनाउन सकिन्छ’

लोकपथ
56
Shares


काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकालाई नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिने बताएका छन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘साइबेरियन चराहरुको थलो, वनस्पतिको विविधताले भरिएको यो ठाउँ देशको तेस्रो गन्तव्य थलोको रुपमा अगाडि बढाउने संकल्प गर्नुभएको छ । यो चितवन जिल्ला सबै हिसाबले महत्वपूर्ण जिल्ला हो । यो जिल्लालाई अन्तर्राष्ट्रिय पर्यटकहरुको गन्तव्य बनाउन सकिन्छ ।’

भरतपुर महानगरपालिकाले गरेका अनुकरणीय कामहरुलाई अरु महानगरहरुले पनि आत्मसात गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?