भरतपुरमा पर्यटन विकासको सम्भावना प्रचुर : ओली

लोकपथ
161
Shares


काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर पर्यटन विकासको प्रचुर सम्भावना भएको ठाउँ रहेको बताएका छन् ।

नारायणी नदी किनारमा शुक्रबार आयोजित भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भरतपुर पूर्वपश्चिम राजमार्ग र हुलाकी राजमार्गसमेत छोएको ठाउँ भएकाले पर्यटनको प्रचुर सम्भावना रहेको बताए ।
उनले भने,‘उत्तरदक्षिण बाटो, पूर्वपश्चिम राजमार्ग, हुलाकी राजमार्गसहितले छोएको यस्तो ठाउँ यहाँ पर्यटनको प्रचुर सम्भावना छ । मैले आफ्नो समयमा नदीको बाटोबाट गंगा नदी जोड्ने र हाम्रो कोशी, नारायणी, कर्णाली जस्ता नदीहरुलाई प्रयोग गरेर नदीको बाटोबाट कोलकाता बंगालसम्म जोडिने कुरालाई अगाडि बढाएको थिएँ ।’

अध्यक्ष ओलीले भरतपुर देशका विभिन्न क्षेत्रबाट बसाइसराई गरेर आएका र यहाँका आदिवासीको सुन्दर सम्मिश्रणको सहर भएको बताए । भरतपुरमा पूर्वाधार विकाससँगै कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रको केन्द्र बनाउन सकिने भन्दै यहाँको विश्वविद्यालयले कृषि क्षेत्रमा मार्गदर्शनको काम गर्न सक्नुपर्ने भनाइ उनले राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?