चितवन पुगेर देउवाले भने–‘गठबन्धन पूर्ण कार्यकाल जान्छ, यही सरकारले अर्थतन्त्र विकास गर्छ’

लोकपथ
343
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन पूरै कार्यकाल टिक्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार घुमौ भरतपुर भन्ने नारासहित चितवनको सौराहका भएको भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन गर्दै सभापति देउवाले सो कुरा बताएका हुन् ।
साथै उनले अर्थतन्त्रको विकास समेत वर्तमान गठबन्धन सरकारले नै गर्ने समेत बताए ।

‘यो गठबन्धन सरकारको निरन्तरता रहन्छ, देउवाले भने, ‘यो सरकार पूर्ण रूपमा जान्छ र अर्थतन्त्रको विकासमा यही सरकारले काम गर्छ ।’
भरतपुरको मात्र नभएर समग्र चितवनको विकासमा भरतपुर भ्रमण वर्षले टेवा पुर्याउने विश्वास व्यक्त गर्दै शुुभकामना समेत व्यक्त गरे ।
उक्त कार्यक्रमको उद्घाटनका लागि प्रधानमन्त्रीसहित पूर्व प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरुसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?