नेपालले नामिबियालाई हरायो

लोकपथ
2.4k
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको जारी तेस्रो खेलमा नेपालले नामिबियालाई पराजित गरेको छ ।
नामिबियाविरुद्ध ३ रनले विजयी भएसँगै नेपालले फाइनल पुग्ने संभावना कायम राखेको छ ।

नेपालले नामिबियालाई १ सय ८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्र बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरी, करण केसी र सोमपाल कामीले समान २–२ विकेट लिए । अभिनास बोहराले एक विकेट लिए ।

 यसअघि निर्धारित २० ओभरको खेलमा नेपालले ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । ३७ बलको सामना गरेका कुशल मल्लको अर्धशतकिय पारि खेले । यस्तै, आरिफ शेखले ३१ रनको योगदान गर्दा गुलसन झाले २६ रन, ओपनर अनिल साहले २३ रन , दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । अर्का ओपनर आसिफ शेख दुई बलको सामना गरी एक रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
नामिबियाका बलर बेन सिकोंगोले सर्वाधिक तीन विकेट लिए । ज्याक ब्रासेलले पनि दुई विकेट हात पारे । रुबेन ट्रम्पलम्यान, जन निकोल लफ्टीएटन र बेनार्ड स्कोल्जले समान एक–एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?