एमाले बलियो राष्ट्रिय शक्ति बनाउन प्रयासरत छ : महासचिव पोखरेल

लोकपथ
63
Shares


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले युवा विदेश पलायन रोक्न एमाले अत्यन्त गम्भीर रहेको बताएका छन् । उनले युवाको भविष्य बलियो बनाउनकै लागि आफूहरु बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने प्रयास गरिरहेको बताए ।

शुक्रबार महोत्तरीमा हुने एक कार्यक्रममा सहभागी हुन गएका पोखरेलले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग छोटो संवाद गर्दै मिटरव्याजी पीडित,लघुवित्त पीडितलगायतका समसामयीक विषयमा एमाले सडकबाट जनदबाब सिर्जना गर्न पछि नपर्ने धारणा राखे ।

यस्तै उनले मूलुकको भविष्य अध्यारो देखेर मानिसमा निराशा मात्रै छाएको भन्दै त्यो निराशालाई चिर्न एमाले बलियो राष्ट्रिय शक्ति निर्माणमा जुटेको उल्लेख गरे ।

‘ठूलो संख्यामा युवाहरु पलायन भैरहेका छन् । त्यो अवस्था रोक्नका लागि एमाले अत्यन्त गम्भीर छ हामीले भविष्यलाई सुरक्षीत गर्नका लागि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने नेकपा एमालेको प्रयास अगाडि बढिरहेको छ,’ पोखरेलले भने ।

पोखरेलले एमालेको झुलाघाट–चिवाभञ्याङ संकल्प यात्राले मानिसमा आशा जगाएको उल्लेख गरेका उनले तराई मधेशमा पनि त्यस्तै प्रकारको विकास र संमृद्धिका लागि यात्रा गर्ने सोच बनाईरहेको बताएका उनले सरकार र संसदभित्र आफूहरुलाई चासो नरहेको जिकिर गरे ।

‘देश कस्तो बनाउने भन्ने सुन्दर्भमा हामी जनतासँग बसेर छलफल गर्न चाहान्छौं । जनताकै साथ सहयोगमा बलियो राष्ट्रिय शक्तिका रुपमा एमालेलाई उभ्याउन चाहान्छौं । हामीलाई सरकार र संसदभित्र यतिबेला चासो छैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?