१ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाको सोमपालले लिए पहिलो विकेट

लोकपथ
840
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको जारी तेस्रो खेलमा नेपालले नामिबियाको पहिलो विकेट गिराएको छ । १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाका मलान क्रुगरलाई व्यक्तिगत ३ रनमा सोमपाल कामीले आउट गरे ।
१.३ ओभरमा क्रुगर आउट भएका हुन् । क्रुगरले मिडविकेटमा गुल्शन झालाई सहज क्याच दिए । उनी आउट हुँदा नामिबियाको स्कोर ११ रन मात्र थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर नामिवियाले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
निर्धारित २० ओभरको खेलमा नेपालले ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।

३७ बलको सामना गरेका कुशल मल्लको अर्धशतकिय पारि खेले । यस्तै, आरिफ शेखले ३१ रनको योगदान गर्दा गुलसन झाले २६ रन, ओपनर अनिल साहले २३ रन , दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन जोडे । अर्का ओपनर आसिफ शेख दुई बलको सामना गरी एक रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

नामिबियाका बलर बेन सिकोंगोले सर्वाधिक तीन विकेट लिए । ज्याक ब्रासेलले पनि दुई विकेट हात पारे । रुबेन ट्रम्पलम्यान, जन निकोल लफ्टीएटन र बेनार्ड स्कोल्जले समान एक–एक विकेट लिए । नामिवियाले पाँच ओभरको खेल सकिँदा एक विकेट गुमाएर ३४ रन बनाएर खेलिरहेको छ ।

नेदरल्यान्ड्सले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा नामिबियालाई हराएको थियो । त्यसैले नेपाल जारी शृंखलाको फाइनलमा पुग्ने सम्भावना जिवित राख्न आजको खेलमा नामिबियालाई हराउनैपर्ने दाबाबमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?