टेलिकमद्वारा नि:शुल्क सिमकार्ड वितरण


लोकपथ
प्रकाशित मिति : ३० बैशाख २०७६, सोमबार ०५:३५

काठमाडौं । नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निशुल्क सिमकार्ड वितरण गरेको छ ।

टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट,दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा नयाँ नमस्ते टावर निर्माण गरेपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क सिमकार्ड बितरण गरेको हो ।

टेलिकमले हिमाली जिल्ला बझाङ आएर ५० रुपियाँ ब्यालेन्स भएको सिमकार्ड निःशुल्क वितरण गर्दा जनतामा खुसी छाएको जयपृथ्वी नगरपालिका १० घर भएकी बिना रसाइलीले बताइन । उनले भनिन् टेलिकमले निशुल्क सिमकार्ड बितरण गरेर निम्न आयस्रोत भएका दिनदुखीहरु मन जितेको छ ।

देउलीकोट र दहबगर गरी ४ सय ६० सिमकार्डहरु बितरण गरी सकेको टेलिकमले आज चैनपुरमा रहेको नेपाल टेलिकमको कार्यालयमा निःशुल्क सिमकार्ड बितरण कार्य शुरु भएको छ ।

जिल्लाको ३ ठाउँमा नयाँ नमस्ते टावरहरु निर्माण भएपछि नेपाल टेलिकमको केन्द्रिय कार्यालयको निर्णय अनुसार त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क नमस्ते सिमकार्ड बितरण गरेको नेपाल टेलिकमका सहायक व्यापार अधिकृत बसोल ढुंगेलले बताए । 

जिल्लामा हाल सिडिएमए ( स्काई),नमस्ते,स्मार्ट, एनसेल लगायतले सेवा दिदै आइरहेका छन् ।
 

Tags :
प्रतिक्रिया दिनुहोस
एनसेल लाभकर विवादः सर्वोच्चले तेस्रोपटक पनि सार्‍यो निर्णय सुनाउने मिति

काठमाडौं । सर्वोच्च अदालतले निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत

विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी बैंकमा पैसा राख्ने नेपालीको खोजी गर्न

फाष्ट ट्र्याकको डीपीआर स्वीकृत

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं (तराईरमधेश द्रुतमार्ग (फाष्टट्र्याक)को विस्तृत आयोजना

परिक्षण नगरिएका खसीबोका नेपाल भित्रिन दिँदैनः कृषि मन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले स्वस्थ परिक्षण नगरिएका खसीबोका