सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्धारा बीमा सम्बन्धी जनचेतना विस्तार

लोकपथ
468
Shares

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले बीमा सम्बन्धी जनचेतना विस्तार गरेको छ ।

फागुन १४ गते देखि फागुन १६ गतेसम्म गाईघाट शाखाका कर्मचारीहरु नन्दन कुमार चौधरी र चन्दन मल्ल ठकुरीको उपस्थीतिमा कृषि बीमाको निम्ति तोकिएको जिल्ला खोटाङ बराह पोखरी गाउँपालिका बाघखोर भञ्याङग गाउँपालिका बीमा सम्वन्धी जनचेतना विस्तार गरिएको हो ।

कम्पनीका अनुसार गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराको अध्यक्षता तथा प्रमुख अतिथी, विशेष अतिथी उपाध्यक्ष भुवलराज राई, विशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत दिल कुमार अधिकारी, अतिथिहरु वडा नंं १ का वडा अध्यक्ष ढक बहादुर कार्की, वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर मगर, वडा नं.३ का वडा अध्यक्ष तारा कुमार राई, वडा नंं.४ का वडा अध्यक्ष शन्तोष आचार्य, वडा नं.५ का वडा अध्यक्ष फौदराज राईका साथै वडा नं.६ का वडा अध्यक्ष दुर्गा बहादुर राई, गा.पा पशू शाखा प्रमुख आशिस बन्जरा लगायत गा.पा कृषि शाखाका प्रमुख स्कन्द घिमिरे तथा अन्य पशु कृषि प्रबिधिक वडा सदस्य ज्यूहरु कृषक, कृषी र्फम संन्चालक सोही गाउका कृषक व्यवसायी तथा अन्य व्यक्तित्वहरु जनप्रतिनिधीको उपस्थितिमा बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।


खोटाङको बराह पोखरी गा.पा. बाघखोर भञ्ज्याङमा १४ गते देखि १६ गते सम्मको पशु तथा कृषि बीमा सम्बन्धि गोष्टि कार्यक्रममा १ नं. वडा देखि ६ नं. वडा सम्मको ३६ जना कृषकहरु सहभागी भएको कम्पनीको भनाई छ । पशु तथा कृषि बीमा सचेतना गोष्ठी कार्यक्रममा कृषकहरुलाई पशु तथा कृषि बीमाको परिभाष, महत्व, दावी प्रक्रिया गर्ने, लगायत दावी गर्दा आवश्यक कागजातको बिषयमा जानकारी गराई पशु तथा कृषि बीमा सम्बन्धि गोष्टी कार्यक्रम सफल पूर्वक सम्पन्न भएको कम्पनीको भनाई छ ।


त्यहाँका कृषकहरु पशु तथा सुन्तला खेती, मकै खेती आदीको बीमा गर्न इच्छुक भई बीमा गर्न प्रेरित भएर बीमा गर्न समय निकाली त्यहाका प्राविधिक कर्मचारीलाई बोलाएर बीमा गर्ने भनी सहमती जनाए । र अगामी दिनमा यस पशु तथा कृषि बीमा सम्बन्धि गोष्टि कार्यक्रमले कृषकहरु तथा जनप्रतिनिधीहरुलाई बीमा सम्वन्धि सचेतना तथा अभिमूखिकरण कार्यक्रमले उत्साहित थपेको सबै पक्षलाई अनुभव भएको कम्पनीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?