बामदेवको घरमा ओली–प्रचण्ड खासखुस, के बन्यो योजना ?

काठमाडौं, १२ कार्तिक वाम एकताको शुत्राधारका रुपमा आफुलाई उभ्याएका एमाले उपाध्यक्ष बामदेव गौतमको भैसेपाटीस्थित निवासमा आजभोली कम्युनिष्ट नेताहरुको बाक्लै आउजाउ हुन थालेको छ । अझ एमाले र माओवादी केन्दैका शीर्ष नेताहरुको उठबस पनि यही घरमा बाक्लीएको छ । पछिल्लो समय वाम गठबन्धनलाई एकीकृत गर्ने र पार्टी एकताकालागि ठोस काम गर्ने थलोका रुपमा यही घर देखिएको छ यतीमात्रै हैन एमालेको स्थायी कमिटिको बैठक पनि यही घरमा बस्न थालेको छ । आइतबार पनि एमालेको स्थायी कमिटिको बैठक गौतम निवासमै बसेको थियो । बैठकमा मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र बाँडफाँड, पार्टीका तर्फबाट प्रत्यक्ष चुनावका उम्मेदवार चयन र समानुपातिकको बन्द सूची संशोधनका बारेमा छलफल भएको थियो वाम गठबन्धन बनाएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता बाक्लीएको छ भने गौतम निवासमा यी दुई नेताको आउजाउ पनि बढेको छ । दोश्रो चरणका ११५ सिटमा एमाले र माओवादीबीच सहमति भइसकेको छ एमाले र माओवादीले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्ला मध्ये ४० जिल्लामा निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याएका छन् । र यी जिल्लाहरुमा जित्नसक्ने उम्मेदवार बनाउनका लागि दुई शीर्ष नेताबीच गौतम निवासमा खासखुस चलिनै रहेको छ । ४० जिल्लाका ११५ निर्वाचन क्षेत्रमा एमालेलाई ६८ र माओवादीलाई ३६ सिट टुंगो लागेको छ । बाँकी ५ जिल्लाका १३ निर्वाचन क्षेत्रमा भने अझै बाँडफाँड टुंग्याउन बाँकी छ ११५ प्रतिनिधिसभाका क्षेत्र मध्ये स्वतन्त्रलाई १० र राजमोलाई एक स्थान दिने सहमति बनेको छ । यस्तै दाङ दुईमा माओवादी केन्द्रका कृष्णबहादुर महरालाई उठाउने र एमालेका नेता शंकर पोखरेललाई सोहै निर्वाचन क्षेत्र अन्तरगतबाट प्रदेश सभामा उठाएर मुख्यमन्त्री बनाउने समझदारी पनि गौतम निवासमै भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?