१२ मङ्सिर २०७९, सोमवार

श्रेष्ठलाई टिकट नदिएपछि एमालेमा भाडभैलो, युवा संघ निष्क्रय बस्ने

२०७४,कार्तिक,१२,आईतवार ०९:०५

9
Shares

उर्लाबारी, १२ कात्तिक प्रदेश नम्बर १ अन्तर्गत मोरंग क्षेत्र नम्बर १ (क)मा एमालेका प्रभावशाली नेता मानबहादुर श्रेष्ठलाई टिकट नदिएको भन्दै असन्तुष्टी बढेको छ । एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको ठहर छ । गत स्थानीय तहको निर्वाचनमा मोरंग क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाँउपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्य समेत नजितेको माओवादीलाई प्रदेश सभामा समर्थनमा गर्नुपर्ने भएपछि एमाले कार्यकर्ताहरुले चर्को आक्रोश व्यक्त गरेका छन् । लामो समयदेखि पूवोत्तर मोरंगमा एमालेको कमाण्ड सम्हालेका श्रेष्ठ सो क्षेत्रमा लोकप्रिय मानिन्छन् । उत्तरी मोरंगको समग्र विकास र पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् । श्रेष्ठ यस क्षेत्रमा सडक,खानेपानी विकासका साथै नदी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्दै आएका छन । उनकै पहलमा सडक निर्माण भएपछि इलामको फुङनामसम्म सवारीका चल्न थालका छन् । उर्लाबारी र मिक्लाजुङको केही वडाहरु पर्ने मोरंग १(क)क्षेत्रमा एमाले मोरंग जिल्ला सचिवालय सदस्य समेत रहेका श्रेष्ठ स्थानीय स्तरमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । यस अघि पनि श्रेष्ठलाई एमालेभित्रको गुटका कारण टिकटबाट वञ्चित गराइदै आएको छ । यसैबीच प्रदेश नम्बर १ (क)मा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिएको विषयलाई लिएर युवा संघले समेत अपत्ति जनाएका छ । युवा संघ उर्लाबारीका नगर अध्यक्ष रविन लामाले भने–‘पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई टिकट दिदैन भने युवा संघ यो चुनावमा निष्क्रय बस्छ । ’ नगर अध्यक्ष लामाले यस क्षेत्रमा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको खण्डमा युवा संघका सदस्यहरुलाई चुनावी अभियानमा नहिड्न मातहातका कमिटीलाई निर्देशन दिएका छन् । उनले भने–‘युवाहरुको माग अनुसार पार्टीलाई उम्मेदवार दिदैन भने युवाहरु यो चुनावमा हिड्दैनन् । ’ लामाका अनुसार श्रेष्ठलाई टिकट नदिइए स्वतन्त्र उम्मेदवार उठाएर जिताएर देखाइदिने चेतावनी दिएका छन् । लामा अनुसार श्रेष्ठको समर्थनमा एमालेका अधिकांश संगठित सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको दावी गरेका छन् । मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको विषयलाई लिएर कार्यकर्ता भित्रमा तीव्र असन्तुष्टि बढेको छ । एमाले संगठित सदस्य विकल राईले भने–‘मानबहादुरले टिकट पाएर चुनाव जित्छ भनेर माओवादीलाई टिकट दिइएको छ ।एमालेका नेताहरुले श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराईएको हो । ’

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०९:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ ।

रुपन्देही । गुल्मीको सत्यवती गाउँपालिका–३ कुढडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्

काठमाडौं । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपति क्षेत्रमा महादीपदान गर्न बिहानैदेखि भक्तजनको चहलपहल बढ्न थालेको छ । प्रत्येक वर्ष

बैतडी । बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा परेको छ । दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–४ निङलाडी खोला भन्ने स्थानमा से१ज ८५४

ताजा समाचार

धनुषा–४ मा अग्रता बढाउँदै एमाले
 २०७९,मङ्सिर,११,आईतवार २३:४०
विश्वकप फुटबल : मोरक्को विजयी
 २०७९,मङ्सिर,११,आईतवार २१:३१
इलाम–१ (१) मा लिम्बु र (२) मा राई निर्वाचित
 २०७९,मङ्सिर,११,आईतवार २०:४२