काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विवादमा परिने डरले कर्मचारीहरुमा काम नगर्ने प्रवृत्ति बढेको टिप्पणी गरेका छन् ।
आज बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले केही काम गर्दा जोखिममा परिने भन्दै बरु कुनै निर्णय नै नगरी खतरा नमोल्ने प्रवृत्ति बढेको गुनासो गरे ।
‘निर्णय ग¥यो भने जोखिममा परिने हो कि भन्ने चिन्ता र भय कर्मचारीमा अलि बढेको छ ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘बरु काम नगरेपछि त खतरा भएन भनेर काम नगर्ने विशेषतः सही नगर्ने प्रवृत्ति बढेको छ । यो प्रति सरकार गम्भीर भएको छ ।’
त्यस्तै प्रधानमन्त्री प्रचण्डले फरक प्रशंगमा बोल्दै छिट्टै संघीय निजामती ऐन ल्याउने दाबी समेत गरे । गठबन्धन र प्रतिपक्षसँग समेत छलफल भएको र केही दिनमै संसदमा पेश हुने समेत बताए ।
‘लामो सयम छलफल पनि भयो, गठबन्धन र प्रतिपक्षीससँग पनि छलफल भयो र त्यसले अन्तिम रुप पाएको छ,’ उनले भने,‘केही दिनभित्रै टुंगिन्छ र संघीय संसदमा पेश हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया