जति हे-यो उति हेरिरहुँ लाग्ने पशुपतिको आरती

काठमाडौं । पशुपतिनाथ मन्दिर मन्दिर मात्र नभएर आफैंमा एउटा आस्थाको संसार हो । विभिन्न जात जातिका मानिसहरुको घुईंचो लाग्ने एक पवित्र स्थल हो ।

चिताको धुँवासँगै हावामा समाहित भइरहेका देखि कोही जीवन मरणको दोसाँधमा अल्झेका, धार्मिक आस्था बोकेर आएकाहरुको दृश्य यस पवित्र स्थलमा देख्न सकिन्छ ।  

विश्व सम्पदा सुचिमा सुचिकित्र पशुपतिनाथ मन्दिर जटाधारी, भस्मे बाबादेखि बेसहारा बालबालिका, वृद्धवृद्धा सबैको साझा घर हो । निकै एतिहासिक महत्व बोकेको पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थिको घुईचो लाग्ने गर्दछ । 

हरेक साँझ हुने विशेष आरती अवलोकन गर्न विभिन्न ठाउँबाट समय छुट्याउँछन् भक्तजनहरु । पशुपतिनाथको विशेष आरती करिव ७ बजे बाट शुरु हुन्छ । सबैले आरती एकचित्त भएर नियालिरहन्छन् । कोही आफ्नै आँखाले । कोही आफ्नो क्यामेराले ।

हेर्नुहोस् लोकपथको लेन्सबाट यस्तो देखियो पशुपतिको आरती :

(तस्वीर : बिप्लव जम्कटेल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?