२१ मङ्सिर २०८०, बिहीवार

श्रेष्ठलाई टिकट नदिएपछि एमालेमा भाडभैलो, युवा संघ निष्क्रय बस्ने

२०७४,कार्तिक,१२,आईतवार ०९:०५

0
Shares

उर्लाबारी, १२ कात्तिकप्रदेश नम्बर १ अन्तर्गत मोरंग क्षेत्र नम्बर १ (क)मा एमालेका प्रभावशाली नेता मानबहादुर श्रेष्ठलाई टिकट नदिएको भन्दै असन्तुष्टी बढेको छ । एमालेभित्रको गुटबन्दीका कारण श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराइएको एमालेका स्थानीय कार्यकर्ताहरुको ठहर छ गत स्थानीय तहको निर्वाचनमा मोरंग क्षेत्र नम्बर १ (क)मा पर्ने मिक्लाजुङ गाँउपालिका र उर्लाबारी नगरपालिकाका सबै वडामा एउटा सदस्य समेत नजितेको माओवादीलाई प्रदेश सभामा समर्थनमा गर्नुपर्ने भएपछि एमाले कार्यकर्ताहरुले चर्को आक्रोश व्यक्त गरेका छन् लामो समयदेखि पूवोत्तर मोरंगमा एमालेको कमाण्ड सम्हालेका श्रेष्ठ सो क्षेत्रमा लोकप्रिय मानिन्छन् । उत्तरी मोरंगको समग्र विकास र पूर्वाधार निर्माणमा अग्रणी भूमिका खेल्दै आएका छन् । श्रेष्ठ यस क्षेत्रमा सडक,खानेपानी विकासका साथै नदी नियन्त्रणका लागि सक्रिय भूमिका खेल्दै आएका छन । उनकै पहलमा सडक निर्माण भएपछि इलामको फुङनामसम्म सवारीका चल्न थालका छन् उर्लाबारी र मिक्लाजुङको केही वडाहरु पर्ने मोरंग १(क)क्षेत्रमा एमाले मोरंग जिल्ला सचिवालय सदस्य समेत रहेका श्रेष्ठ स्थानीय स्तरमा लोकप्रिय नेताका रुपमा चिनिन्छन् । यस अघि पनि श्रेष्ठलाई एमालेभित्रको गुटका कारण टिकटबाट वञ्चित गराइदै आएको छ यसैबीच प्रदेश नम्बर १ (क)मा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिएको विषयलाई लिएर युवा संघले समेत अपत्ति जनाएका छ । युवा संघ उर्लाबारीका नगर अध्यक्ष रविन लामाले भने–‘पार्टीले लोकप्रिय र योग्य उम्मेदवारलाई टिकट दिदैन भने युवा संघ यो चुनावमा निष्क्रय बस्छ । ’ नगर अध्यक्ष लामाले यस क्षेत्रमा एमालेका मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको खण्डमा युवा संघका सदस्यहरुलाई चुनावी अभियानमा नहिड्न मातहातका कमिटीलाई निर्देशन दिएका छन् । उनले भने–‘युवाहरुको माग अनुसार पार्टीलाई उम्मेदवार दिदैन भने युवाहरु यो चुनावमा हिड्दैनन् । ’ लामाका अनुसार श्रेष्ठलाई टिकट नदिइए स्वतन्त्र उम्मेदवार उठाएर जिताएर देखाइदिने चेतावनी दिएका छन् । लामा अनुसार श्रेष्ठको समर्थनमा एमालेका अधिकांश संगठित सदस्यहरुले सामूहिक राजीनामा दिने तयारी भइरहेको दावी गरेका छन् मानबहादुर श्रेष्ठलाई टिकट नदिइएको विषयलाई लिएर कार्यकर्ता भित्रमा तीव्र असन्तुष्टि बढेको छ । एमाले संगठित सदस्य विकल राईले भने–‘मानबहादुरले टिकट पाएर चुनाव जित्छ भनेर माओवादीलाई टिकट दिइएको छ ।एमालेका नेताहरुले श्रेष्ठलाई टिकट दिनबाट वञ्चित गराईएको हो । ’

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०९:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६