आरक्षित सिटहरू सूचित नगरी विधानसभा अधिवेशन बोलाउन नसकिने पीटीआईको दाबी

लोकपथ
42
Shares

काठमाडौं । पाकिस्तानको पञ्जाब र सिन्धका विधानसभाहरू बोलाएर मुख्यमन्त्रीहरूलाई सपथ खुवाएको एक दिनपछि जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानख खानको पार्टीले मंगलबार आरक्षित सिटहरूको सूचना नगरी प्रान्तीय सभाको अधिवेशन बोलाउन नसकिने बताएको छ।

पीटीआईका नेता अधिवक्ता गौहर खानले सबै सदस्यलाई जानकारी दिएर नयाँ प्रदेश सभा बोलाउनुपर्ने बताए । पाकिस्तानको पञ्जाब विधानसभाको बैठक गलत तरिकाले बोलाइएको बताइएको छ । उनले पाकिस्तानको निर्वाचन आयोग (इसिपी) लाई सुन्नी इत्तेहाद काउन्सिल (एसआइसी) को लागि आरक्षित सिटहरू सूचित गर्न अपील गरेका छन् । जससँग उनको पार्टीले औपचारिक सम्झौता समेत गरेको छ। ‘हामी तपाईंलाई भनौं कि एसआइसी पाकिस्तानमा इस्लामिक राजनीतिक र धार्मिक पार्टीहरूको एक गठबन्धन हो, जसले सुन्नी इस्लामको स्कूलका अनुयायीहरूलाई प्रतिनिधित्व गर्दछ’ अपीलमा भनिएको छ ।

इमरान खानको पार्टीले चुनाव चिन्ह क्रिकेट ब्याट नपाएका कारण फेब्रुअरी ८ मा हुने आमचुनावमा प्रत्यक्ष सहभागी हुन नपाएको उल्लेख छ। जसका कारण दलको समर्थनमा स्वतन्त्र उम्मेदवारले चुनाव लडेका थिए । पाकिस्तानको निर्वाचन आयोगले मंगलबार पीटीआई समर्थित एसआईसीले राष्ट्रिय र प्रान्तीय सभाहरूमा आरक्षित पाकिस्तानको राजनीति ः सीटहरूको आफ्नो अंश बाँडफाँड गर्न माग गरेको याचिकामा सुनुवाइ गर्नेछ।

सोमबार राष्ट्रपति अल्वीले नवनिर्वाचित राष्ट्रिय सभाको पहिलो अधिवेशन यही फागुन २९ गते बोलाउने कार्यवाहक संसदीय मामिला मन्त्रालयको प्रस्तावलाई अस्वीकार गरेका थिए । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले सपथ लिने अधिवेशन बोलाउनुअघि सबै आरक्षित सिटहरू बाँडफाँड गरिनुपर्ने अल्वीले बताए।

यसैबीच, सोमबार पञ्जाब विधानसभाको अधिवेशनमा पाकिस्तान मुस्लिम लिग (नवाज पीएमएल एन) पार्टीकी मरियम पाकिस्तानको पञ्जाब प्रान्तको पहिलो महिला मुख्यमन्त्रीमा निर्वाचित भएकी छन्। सिन्धमा भने पाकिस्तान पिपुल्स पार्टीका वरिष्ठ नेता मुराद अली शाह प्रान्तको नयाँ मुख्यमन्त्रीमा निर्वाचित भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?