‘जहाँ छन् बुद्धका आँखा…’ भजन शिरोमणीको श्रद्धाञ्जलीमा जे देखियो (फोटोफिचर)

लोकपथ
2.3k
Shares

काठमाडौं । वरिष्ठ गायक, संगीतकार एवं भजनशिरोमणी भक्तराज आचार्यको आज अन्त्येष्टी गरिएकाे छ ।

सोमबार अपरान्ह निधन भएका आचार्यको केहीबेर अघि पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो ।

आज बिहानैदेखि उनको श्रद्धान्जलीका लागि नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानमा उनको पार्थिव शरिर राखिएको थियो ।

उनको पार्थिव शरिरमा मार्ल्यापण गर्दै श्रद्धासुमन व्यक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा माधवकुमार नेपालसहित मन्त्रीदेखि कलाकार र सर्वसाधारणको समेत भीड रहेको थियो ।

मुटु जलिरहेछ, यो मन गलिरहेछ, जति चोट दिन्छौ देऊ मायालु, हजार सपनाहरूको माया लागेर आउँछ, जहाँ छन् बुद्धका आँखा लगायत कालजयी गीतहरु गाएका थिए ।

त्यस्तै एक दिन मैले प्रभुसँग सोधेँ, तन मन वचनले, सब निदाए प्रभु, लौन अब मेरो प्रभु र जगतकी आमा लगायत चर्चित भजनहरु समेत उनले बाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?