प्रभु बैंकले सार्वजनिक गर्यो ऋण नतिर्नेकाे सूची : जनता टेलिभिजनदेखि एमाले नेतासम्म

लोकपथ
3.9k
Shares

काठमाडौं । प्रभु बैंक लिमिटेडले जनता टिभीका लागि लिइएको ऋणको सावाँ तथा ब्याजको भुक्तानी नभएको भन्दै सञ्चालक डा. विजय पौडेलसहित अन्य ऋणीहरुको नाममा ऋण तिर्न आउने ३५ दिने सूचना जारी गरेको छ ।

बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र सम्पर्कमा आउन नभए कानुनी प्रक्रियामा जाने समेत चेतावनी दिएको हो ।

बैंकले जारी गरेको सूचनामा एमालेका नेताहरू अरुण नेपाल र भागीरथ सापकोटा तथा एकीकृत समाजवादी पार्टीका नेताहरू डा. रमेशचन्द्र पौडेल, उदया शर्मा पौडेल, मार्क्सवादी चिन्तक गोपीरमण उपाध्याय, प्रेमलकुमार खनाल र नारायणप्रसाद सुवेदीको नाम पनि उल्लेख छ ।

बैंकले पटकपटक ताकेता गर्दा पनि कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानी सम्बन्धित शर्त उल्लंघन गरेको जनाएको छ ।
‘यस बैंकबाट तपसिलमा उल्लेखित ऋणीले लिएको कर्जाको किस्ता (साँवा, व्याज) भुक्तानी सम्बन्धित शर्त कबुलियत उल्लंघन गर्नुभएको तथा पटकपटक मौखिक एवं लिखित तरताकेता गर्दा समेत सो को पूर्ण वेवस्ता गरी ऋणीले कर्जा नियमित तथा चुक्ता गर्नेतर्फ चासो नदेखाइ आलटाल गरी बसेको हुनाले यो ३५ (पैँतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।’ जारी सूचनामा भनिएको छ ।

त्यस्तै सूचनाको वेवास्ता गरी सम्पर्कमा आइ ऋण नतिरेको खण्डमा ऋणी, जमानीकर्ता लगायत नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने समेत बैंकले चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?