१३ मङ्सिर २०८०, बुधबार

डेंगुको त्रास

२०७४,कार्तिक,१२,आईतवार ०८:०६

0
Shares

बर्दिवास, १२ कात्तिक । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ । गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आएका छन् । अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र बर्दिबासमा विभिन्न काम प्रयोजनले आएका धनुषा र सर्लाहीका १८ जनासहित ४०० जना डेंगु प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ । दिनहुँ डेंगु रोगी बढ्दै गए पनि विषादि छरेर प्रकोप फैलाउने लामखुट्टे नियन्त्रणमा स्वास्थ्य संस्था र बर्दिवास नगरपालिकाले ध्यान नदिएको सर्वसाधारणको गुनासो छ । चिकित्सक र स्वास्थ्यकर्मीले भने डेंगु फैलाउने एडिस जातको लामखुट्टे विषादि छरेरभन्दा यसले फुल पार्ने ठाउँको खोजी गरी नष्ट गर्ने अभियान नै प्रभावकारी हुने बताउँदै आएका छन् । घर वरपर सरसफाइ र पानी जम्न नदिएमा लामखुट्टेले फुल पार्ने ठाउँ नपाएपछि डेंगु नियन्त्रण हुने बर्दिवास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारीको भनाइ छ । विषादिले वयष्क लामखुट्टे मरे पनि उसका फुल, लार्भा र पिपा नियन्त्रण गर्न ‘सर्च एण्ड डिष्ट्रोय’ (खोजी र नष्ट) अभियानलाई निरन्तरता दिनुपर्ने डा अधिकारीले बताए । पछिल्ला तीन दिनयता बर्दिवास अस्पताल, बर्दिवास नगरपालिका, इलाका प्रहरी कार्यालय बर्दिबास र सामाजिक संघसंस्थाले संयुक्त रुपमा ‘सर्च एण्ड डिष्ट्रोय’ अभियान सञ्चालन गरेका छन् । अभियानमा सडक पेटीमा थुपारेर राखिएका टायरमा लामखुट्टेका असंख्य लार्भा फेला परेको डा अधिकारीले जानकारी दिए । लार्भा नष्ट गरिएपछि वयष्क लामखुट्टेको आयु एक महिनाभन्दा बढी नहुने भएकाले डेंगु नियन्त्रण हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०८:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बाल प्रतिभाको खोजीका लागि ‘नेशन्स गद ट्यालेन्ट’ रियालिटी शो प्रसारणमा आउने भएको छ । मंगलबार होटल सोल्टीमा पत्रकार

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’का मेकरले फस्टलुक पोष्टर सार्वजनिक गरेका छन् । निर्माण टिमले ‘नजरैको हानाहान’ बोलको गीत

काठमाडौं । नेपाली चलचित्र ’रङ्गेली’को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । अभिनयमा पोख्त अभिनेता अर्पण थापाको पात्रलाई’ भगवान् दादा’को

काठमाडौं । नेपाली युवाहरूको लगानी तथा सक्रियतामा छोटो भिडियोहरूका लागि सार्वजनिक भइ केही दिन रोकिएको मोबाइल एप ’रमाइलो’ पुनः सञ्चालनमा

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८