घट्यो सुन चाँदीको भाउ

लोकपथ
0
Shares


काटमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि ५ रुपैयाँ घटेको छ। आइतबार प्रतितोला १४ सय रूपैयाँमा किनबेच भएको चाँदीमा आज ५ रुपैयाँ गिरावट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?