आवाज ‘देख्न’ सिकाउँदै सृष्टि ! जसले दृष्टि गुमाएपछि संसार देखिन्


लोकपथ
प्रकाशित मिति : २८ बैशाख २०७६, शनिबार ०३:५७

नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीको छात्रवृत्ति पाएपछि स्नातकोत्तर गर्नलाई सृष्टि नर्वे पुगिन् । नर्वे, हंगेरी, फ्रान्स, बेलायत चार देशमा चार सेमेस्टर पढ्न पाइने कुराले नै सृष्टिलाई यस डिग्रीतर्फ आकर्षित गरेको थियो । घुमन्ते सृष्टिको ट्राभल डायरीमा चार नयाँ कथा थपिने वाला थिए । उनी दङ्ग थिइन् । 

पहिलो सेमेस्टर सकियो । भ्याकेसन शुरु भयो । फुर्सदको सानो टुक्रा समयलाई समेत खेर फाल्ने मुडमा नभएकी सृष्टि पुगिन् दृष्टिविहीन बालबालिकालाई प्रशिक्षण दिन । कक्षामा दुईजना सुन्न नसक्ने बालक पनि थिए । सृष्टि जो आफँै दृष्टिविहीन थिइन् उनले दुईजना यस्ता बालकलाई पढाउनुपर्ने भयो जो सुन्न सक्दैनन् । चुनौतीका ठूल्ठूला पहाड नाघ्दै आएकी सृष्टिका अघि खडा भएको यो अर्को पहाड थियो । प्रयासै नगरी ‘सक्दिन’ भन्नु भन्दा प्रयास गरेर नसक्दा ‘सक्दिन’ भन्नुलाई उनको आत्मसम्मानले ठीक मान्यो । ‘केही उपाय निकालौंला’ सृष्टिले सोचिन् र, चुनौतीको त्यो पहाड छिचोल्न तम्तयार भइन् ।

कोसिस गर्नेको हार हुने कुरै भएन । उपाय आफै सृष्टिलाई पछ्याउँदै आइपुग्यो । नर्वेमा यस्तो प्रविधि रहेछ जसले आवाजको तरङ्गलाई तस्वीरमा उतार्दो रहेछ । यसको सहायताले सृष्टिका कान नसुन्ने तर, देख्न सक्ने विद्यार्थीले उनले जे बोल्छिन् त्यो देख्न पाउने भए । अर्थात् ‘आवाज देख्न सक्ने’ भए । 

डिग्रीको रिसर्चका लागि उपयुक्त शीर्षक खोज्न केही समयदेखि भौतारिरहेको सृष्टिको मस्तिष्क यति सुन्नासाथ टक्क अडियो । खुसीले उफ्रियो । ‘आवाजलाई देख्न सकिन्छ भने दृश्यलाई पनि सुन्न सकिन्छ’ अहो ! मनमनै बुरुक्क उफ्रिन् सृष्टि पनि । 

डिग्रीको रिसर्चका लागि उपयुक्त शीर्षक खोज्न केही समयदेखि भौतारिरहेको सृष्टिको मस्तिष्क यति सुन्नासाथ टक्क अडियो । खुसीले उफ्रियो । ‘आवाजलाई देख्न सकिन्छ भने दृश्यलाई पनि सुन्न सकिन्छ’ अहो ! मनमनै बुरुक्क उफ्रिन् सृष्टि पनि । 

हत्तपत्त आफ्ना गुरु भएको ठाउँमा पुगिन् र एकै श्वासमा बोलिन्, ‘मैले रिसर्च गर्ने शीर्षक पाएँ । डान्सलाई ध्वनिमा परिवर्तन गर्ने ताकि दृष्टिविहीनले पनि डान्स हेर्न सकुन् ।’

‘दृष्टिविहीनलाई डान्स देखाउने’ यस्तो विरोधाभाषपूर्ण सपनाका बारेमा सुनेर गुरुले ‘कसरी ?’ बाहेक केही भन्न सकेनन् ।

यता सृष्टिलाई भने मनमा अटाइनअटाइ बसेका योजनाहरुलाई छताछुल्ल पोख्ने अवसरको मात्रै खाँचो थियो । गुरुको ‘कसरी ?’ले बाटो खोलिदियो । उनले भन्न थालिन्, ‘भिन्नभिन्न अङ्गमा भिन्नभिन्न आवाज दिने वस्तु बाँध्ने, प्रत्येक मुभ्मेन्टमा भिन्न आवाज आउँछ । कुन आवाज आउँदा कुन अङ्ग चलिरहेको छ भनेर ‘दृष्टिविहीन दर्शक’ले कल्पना गर्न सक्छन् र डान्स हेरेको अनुभूति गर्न सक्छन् ।’

‘भिन्नभिन्न अङ्गमा भिन्नभिन्न आवाज दिने वस्तु बाँध्ने, प्रत्येक मुभ्मेन्टमा भिन्न आवाज आउँछ । कुन आवाज आउँदा कुन अङ्ग चलिरहेको छ भनेर ‘दृष्टिविहीन दर्शक’ले कल्पना गर्न सक्छन् र डान्स हेरेको अनुभूति गर्न सक्छन् ।’

नभन्दै उनको रिसर्च सफल भयो । त्यस डान्स स्टाइललाई उनले ‘अकउस्टिक डान्स विथ साउन्ड ज्वेलरी’ नामाकरण गरिन् । दृष्टिविहीनलाई नचाइन् र दृष्टिविहीनलाई नै दर्शक बनाइन् । 

‘अकउस्टिक डान्स विथ साउन्ड ज्वेलरी’ सृष्टि केसीको आफ्नै सृष्टि हो । संसारको जुनसुकै कुनामा रहेका दृष्टिविहीनले यसलाई अँगाल्न सकुन् भनेर उनले यसको प्रयोग खुकुलो बनाइदिएकी छिन् । आफ्नो नामको ट्याग झुन्डाइदिएकी छैनन् जसरी सस्तो लोकप्रियता कमाउन हिजोआज अर्काको सिर्जनामा समेत आफ्नै नामको लेप पोत्छन् कतिपयले । 

 

‘मैले यसलाई कपीराइटले बाँधेको छैन बरु कपीलेफ्ट गरिदिएकी छु,’ मुस्कुराउँदै सृष्टि भन्छिन्, ‘जतिजनाले यो तरिका अपनाएर नाच्नु हुन्छ वा नाचेको हेर्न पाउनुहुन्छ म उति नै खुसी हुन्छु ।’
यस्तै छिन् सृष्टि अरुका लागि केही गर्न पाउँदा खुसी हुने । सानोसानो कुरामा औधी मुस्कुराउने । मुस्कुराउन उनलाई जीवनले नै सिकाएको हो । १६ वर्षको कलकलाउँदो उमेरमा अचानक दृष्टि गुमेपछि सृष्टिले गरुन् के ? बस् हाँसीहाँसी तनावलाई फाँसी दिन उनले त्यहीँबाट सिकिन् । उनको त्यही साहसले आज उनलाई कम्तीमा देशभर चिनाएको छ । र, केही अन्य राष्ट्रमा पनि । 

सृष्टि केसी उनै हुन् जसले नेपालमा दृष्टिविहीनका लागि पहिलो पटक ‘ब्लाइन्ड रक्स’ नामक संस्था स्थापना गरिन् । ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा यी ६ तत्व भन्दा बाहिर पनि जीवन छ है’ आफूजस्तै दृष्टिविहीनलाई यही सिकाउन उनले ‘ब्लाइन्ड रक्स’ जन्माइन् । उनीहरुलाई नाच्न गाउन प्रोत्साहन गरिन्, उनीहरुका रुचिको उत्खनन गरिन् । संस्थाले स्थापनादेखि नै दृष्टिविहीनलाई ‘बाँच्ने’ भन्दा ‘जिउने’ कला सिकाइरहेको छ ।

‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा यी ६ तत्व भन्दा बाहिर पनि जीवन छ है’ आफूजस्तै दृष्टिविहीनलाई यही सिकाउन उनले ‘ब्लाइन्ड रक्स’ जन्माइन् ।

आवश्यकताले भन्दा रहरले जीवन सुन्दर बनाउने सृष्टि बताउँछिन् । ‘सधैं खान, लाउनकै लागि मात्रै लड्ने हो भने दृष्टिविहीन वा शारीरिक रुपमा अशक्तलाई हेर्ने दृष्टिकोण नै बदलिँदैन नि,’ पिंक लिपिस्टिकमा सजिएको ओंठ उघार्दै अगाडि थप्छिन्, ‘अरुले आफूसँग नर्मल व्यवहार गरोस् भनेर चाहने हो भने हामी पनि नर्मल मान्छेजस्तै गरी बाँच्नुप¥यो नि होइन ?’

 

आज आकाशमा एउटा तारा देखिन

हरेक रात आकाशका ताराहरुलाई नियाल्दै सृष्टि अनेक सपना बुन्थिन् । आँखाले सानैदेखि वकिल बन्ने सपना बोकेका थिए । त्यही छेउमा ‘डान्सर’ बन्ने इच्छा पनि टुसुक्क बसेको थियो । तर, अफसोच जुन तारालाई हेर्दै उनी सपना बुन्ने गर्थिन् ती तारा आकाशमा देखिएनन् एकदिन । भोलि, पर्सी कहिल्यै देखिएनन् । 

क्रमश उनले सधैं देख्दै आएका अन्य वस्तुहरु पनि देख्न छोडिन् । आफैलाई ऐनामा नदेखेको दिन उनलाई महसुस भयो, ‘अब म पूरै दृष्टिविहीन भएँ ।’ एउटा कलिलो मस्तिष्कका लागि यो घटना अच्चमीत, भयवित, र डरमर्दो सपना भन्दा कम थिएन । यस्तो सपना जसले उडिरहेको पन्छिको पखेटा काटीएर जमिनमा बज्रेको थियो । त्यसपछिका दिन औधी कठिन भए । धेरैथरीका मानिस भेटिए । धेरैथरीका विचार भेटिए । 

धेरैले पढ्नुपर्दैन अब भने । कठै गयो जिन्दगी खेर भन्ने झनै बढी देखिए । 

यी सबै भइरहँदा आमा रोएको देख्न नसकेपनि सृष्टिले मनको आँखाले देखेकी थिईन् । महसुस गरेकी थिइन् । तर, सृष्टिले उनको आँसु पुछिदिइनन् । 

यी सबै भइरहँदा आमा रोएको देख्न नसकेपनि सृष्टिले मनको आँखाले देखेकी थिईन् । महसुस गरेकी थिइन् । तर, सृष्टिले उनको आँसु पुछिदिइनन् । 

‘आमाको आँसु रुमालले होइन सफलताले पुस्छु’ कहालीलाग्दो घटनाले थिलथिलो बनाइदिएको सृष्टिको कलिलो मस्तिष्कले यस्तो निर्णय जो लिइसकेको थियो । 

अपना टाइम आएगा…

सृष्टिले पढाइलाई निरन्तरता दिने भइन् । तर, दृष्टिविहीनलाई पढाउन विशेष सुविधाहरु नभएको बहानाबाजी गर्दै कुनै कलेजले उनको भर्ना स्वीकारेनन् । अन्तिममा, दिल्लीबजार कन्या क्याम्पसमा उनी भर्ना भइन् । र स्नातकसम्म त्यहीँ अध्ययन गरिन् । प्लस टुमा नेपाल टप र स्नातक तहको नेपाली साहित्यमा टप गर्दै । ‘गर्न सक्दिनस् र गर्न सक्छेस् र?’ यी दुई कुरा भन्ने मान्छेको मुखमा सृष्टिको मार्कसिटले बुजो लगाइदियो । राष्ट्रपतिले पुरस्कार दिएका तस्वीरले पत्रपत्रिका भरिए । 

सृष्टिको पहिचान यतिवेलासम्म केही फराकिलो बनिसकेको थियो कलेजमा पनि र बाहिर पनि । समय र शिक्षाले उनलाई फेरि पुरानै सृष्टि बनाइदिएको थियो जो चञ्चले थिइन् । रङ्गहरुलाई प्रेम गर्थिन् । बोलिरहन्थिन् अनि बोल्दाखेरि हाँसिरहन्थिन् । 

समय र शिक्षाले उनलाई फेरि पुरानै सृष्टि बनाइदिएको थियो जो चञ्चले थिइन् । रङ्गहरुलाई प्रेम गर्थिन् । बोलिरहन्थिन् अनि बोल्दाखेरि हाँसिरहन्थिन् । 

स्नातक तहको पढाइ अब्बल अङ्क ल्याएर उत्तीर्ण गर्नु, आफ्नै संस्था स्थापना गर्नु, मोटिभेस्नल स्पीकरका रुपमा देशविदेश घुम्नु, छात्रवृत्तिमा स्नातकोत्तर पूरा गर्नु जे होस् त्यसपछिका दिनहरुमा उनका उपलब्धि बोल्न थाले । परिणामस्वरुप युट्युबमा उनका भिडियोहरु लाखौँपटक हेरिएको छ । हजारौँ पटक सेयर भएको छ । उनका अन्तर्वार्ताहरु निकै चाख मानेर हेरिन्छन् । 

आमाका आँखाका आँसुहरु पनि यतिन्जेल ओभाइसकेका छन् । छोरी सृष्टिले छात्रवृत्तिमा पाएको रकमबाट केही पैसा जोगाएर उनलाई गएको वर्षमात्र आफ्नो स्नातकोत्तर समारोहमा लण्डन बोलाइन् । उनका हातले जीवनमा पहिलोपटक पासपोर्ट पक्रिएको त्यहीवेला हो । ‘त्यो सामान्य पासपोर्ट होइन मेरो वाचा पूरा भएको लिखित दस्तावेज हो,’ गर्विलो आवाजमा सृष्टिले भनिन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ, ३२ हजार नपाएकाे झोँकमा हत्या

सिन्धुपाल्चोक– इलाका प्रहरी कार्यालय मेलम्चीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ

सर्‍यो एनआरएन विश्व सम्मेलनको मिति, अक्टोबर १५ देखि १७ सम्म तय

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन) को नवौ विश्व सम्मेलन सरेको छ । एनआरएनका

रविलाई भेटेपछि नायिका श्वेता खड्को भावूक स्टाटस

चितवन । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा हिरासतमा रहेका रवि लामिछानेलाई भेट्न चितवन पुगेकी

‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘च च हुई’ को ‘सिल्की सिल्की बाल’ बोलको गीत सार्वजनिक