राइड एण्ड भाइव’ थिममा रोयल इनफिल्डको हन्टर कार्निभल

लोकपथ
221
Shares

काठमाडौं । “रोयल इनफिल्ड” को लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले यहि फागुन १२ गते इजी वे ट्रायल सेन्टर, संखमुल मा ‘राइड एण्ड भाइव’ थिममा हन्टर कार्निभल सम्पन्न गरेको छ ।

१२०० जना सहभागी रहेको यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरुर म्युजिकल पर्फमेन्स लगायतका कार्यक्रमहरु गरिएको थियो ।

कार्यक्रममा रोयल इन्फिल्ड “हन्टर राइड एण्ड भाइव स्लो रेस कम्पिटिसनमा सन्जय बुदाथोकी प्रथम , राम भण्डारी दोस्रो स्थान र आर्जित श्रेष्ठ तेस्रो भएका छन् भने विजेताहरुले मेडल, शर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ्ग ज्याकेट, हेल्मेट लगायतका सामानहरु उपहार पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?