कालो सिमीका विशेष ५ फाइदाहरु, यसरी गर्नुहोस् आफ्नो आहारमा यसको समावेश

लोकपथ
1.7k
Shares

काठमाडौं । कालो सिमी एक विशेष सुपरफुड हो । यसमा धेरै नै महत्वपूर्ण पोषक तत्वहरु पाइन्छन् । स्वास्थ्य सम्बन्धित विभिन्न समस्याको समाधानको रुपमा पनि कालो सिमीलाई आहारमा समावेश गर्ने सल्लाह दिइन्छ । पोषक विशेषयज्ञदेखि डाक्टरहरु र वैज्ञानिक अनुसन्धानकर्ता सबैले नै यसको फाइदालाई समर्थन गर्छन् । कालो सिमीका फाइदा र आफ्नो खानामा कालो सिमीलाई समावेश गर्ने तरिकाबारेमा आज हामी तपाईंहरुलाई जानकारी दिनेछौँ ।

कालो सिमीका फाइदा

हड्डीहरुलाई बलियो बनाउँछ

कालो सिमी हड्डीहरुको स्वास्थको लागि निकै फाइदाजनक मानिन्छ । यसमा आइरन, म्याग्नेसियम, म्यांगनीज, फस्फोरस, क्याल्सियम, तामा र जिंक जस्ता महत्वपूर्ण तत्वहरु पाइन्छन् । जसले हड्डीहरुलाई पोषण प्रदान गर्छ । जसले लामो समय सम्म हड्डीलाई बलियो बनाइराख्छ । क्याल्सियम र फस्फोरस जस्तो पोषक तत्वले हड्डीको संरचनालाई कायम नै राख्दछ । यसमा पाइने आयरन र जिंकले हड्डी र जोर्नीलाई बलियो बनाउँछ । र लामो समय सम्म हड्डीको लोच बनाइराख्छ ।

मुटुलाई स्वस्थ राख्छ
कालो सिमीमा रहेको फाइबर, भिटामिन बीट पोटासियम, फोलेटमा जस्ता पोषक तत्वहरु पर्याप्त मात्रामा पाइन्छन् । साथै यसमा पाइने फाइटोन्यूट्रिएन्टले रगतमा कोलेस्ट्रोललाई सन्तुलित राखेर मुटु सम्बन्धित समस्याको जोखिम कम गर्छ ।

उच्च रक्तचापलाई नियन्त्रण गर्न सहयोग गर्छ

रक्तचापलाई सन्तुलनमा राख्न सिमित मात्रामा सोडियमको सेवन उचित मानिन्छ । कालो सिमीमा सोडियमको मात्रा एकदमै कम पाइन्छ । यसमा पोटासिय, म्याग्नेसियम र क्याल्सियम जस्ता पोषक तत्वहरु प्रशस्त मात्रा पाइन्छन् । त्यसैले यसको सेवनले रक्तचापलाई सन्तुलन बनाइराख्न मद्दत गर्छ ।

मधुमेहलाई फाइदा गर्छ

कालो सिमीमा फाइबर उच्च मात्रामा पाइन्छ । टाइप १ मधुमेहका रोगीहरुलाई यसले निकै फाइदा पु¥याउँछ । यसको सेवनले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ र बढ्नबाट रोक्छ । यस बाहेक यसले टाइप २ को मधुमेहका रोगीहरुमा रगतमा चिनीको लिपिङ र इन्सुलिनको स्तरमा सुधार गर्छ ।

क्यानसरको जोखिम कम हुन्छ

कालो सिमी सेलेनियममाको धनी हुन्छ । यो एक प्रकारको खनिज हो । जुन धेरै फलफुल र तरकारीहरुमा पाइन्छ । शरीरमा यसको मात्राले कलेजोको इन्जाइ कार्य र क्यान्सर निम्त्याउने यौगिकहरुलाई डिटक्सिफिकेशनमा मद्दत गर्छ । यस बाहेक सेलेनियमले सुन्नि कम गर्छ र ट्यूमर वृद्धिको जोखिमलाई पनि हटाउछ ।

पाचन सम्बन्धित समस्यालाई कम गर्छ

कालो सिमीमा प्रर्याप्त मात्रामा फाइबर पाइन्छ । कब्जियतको अवस्थामा कालो सिमी प्रभावकारी साबित हुन्छ । र यसले पाचन स्वास्थ्यलाई राम्रो बनाउँछ । यसले आन्द्राको चाललाई नियन्त्रण गर्छ र स्वस्थ ब्याक्टेरियाको वृद्धिलाई बढावा दिन्छ ।

कालो सिमीलाई खानामा समावेश गर्ने तरिका

हाम्रो दैनिक खानामा यसलाई मिलाउन सकिन्छ । राजमालाई जस्तैगरि स्वादिष्ट बनाएर सेवन गर्न सकिन्छ । सूप र अन्य तरकारीमा यसलाई मिसाउन पनि सकिन्छ । यसले सूपलाई पोष्टिक र स्वादिष्ट बनाइदिन्छ ।

स्मूदी जस्तो गरेर पनि यसको सेवन गर्न सकिन्छ । यसलाई फलफुल र तरकारीमा मिलाएर पनि सेवन गर्न सकिन्छ ।
कालो सिमीको पेस्टलाई बर्गर र स्यानविचमा हालेर पनि आफ्नो आहार समावेश गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?