तीन जना मन्त्रीका बारेमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : योगेश भट्टराई

लोकपथ
119
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले तीनजना मन्त्रीहरुको सन्दर्भमा प्रधानमन्त्रीले सदन चलेको समयमा जवाफ दिनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले तीन मन्त्रीको बारेमा प्रधानमन्त्रीको जवाफ माग्दा नदिन हो भने विरोधका कार्यक्रमहरु यथावत रहने बताए ।

सदनमा विशेष समयको माग गर्दै उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

उनले भने, ‘तीनजना मन्त्रीहरुको सन्दर्भमा प्रधानमन्त्रीले यसैबखत, अहिले नै, तुरुन्तै यही संसद चलिरहेको समयमा संसदमा आएर जानकारी दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ दिनु भएनभने विरोध यथावत रहने कुरा पनि जानकारी गर्न चहान्छु ।’
यस्तै उनले मिटरब्याजीहरुलाई ठग्ने अधिकांश अहिलेको गठबन्धनसँग नजिकका मान्छेहरु भएको दाबी पनि गरे । उनले भने, ‘अधिकांश स्थानमा मिटरब्याजीका रुपमा जनता ठगिएका छन् । ठगी गर्ने अधिकांश गठबन्धनसँग नजिकका मान्छेहरु छन् । म यो कुरा दाबीका साथ भन्छु । उनीहरुमाथि कुनै कारवाही हुँदैन् । नाटक मात्रै हुन्छ । यसबारेमा सरकार गम्भीर हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?