एमालेले गर्यो संसद बैठक अवरुद्ध

लोकपथ
140
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य प्रतिपक्षी दलहरुले संसदमा अवरोध खडा गरेका छन् ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसीले बिहीबारको बैठकमा राजनीतिक दलसम्बन्धी विधेयक प्रस्तुत हुने बेलामा एमालेका सांसदहरु बैठक हलबाट बाहिर निस्किएको आरोप लगाएका थिए ।

उनले बोल्दै गर्दा एमालेका सांसदहरु उठेर विरोध गरेका थिए ।

नेपाली कांग्रेसका सांसदहरु महासमिति बैठकमा गएको र एमालेका सांसदहरु विधेयक पारित गर्नका लागि खडा गर्नका बैठकबाट बाहिर गएको आरोप लगाए । उनले विधेयक पास गर्ने जिम्मेवार सत्ता पक्षको मात्र नभएर प्रतिपक्षीको समेत भएको भन्दै आपत्ति जनाएका थिए ।

बिहीबारको बैठकमा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?