एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान

लोकपथ
147
Shares

धनगढी । नेकपा एमाले कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि शुक्रबार मतदान हुँदैछ । अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर यसबीचमा सर्वसहमतिको प्रयास भन्दै पाँच दिनसम्म अलमल गरिएको थियो । प्रतिनिधिहरु विरोधमै उत्रिन थालेपछि शुक्रबार मतदान भइरहेको हो ।

अधिवेशन उद्घाटन भएपछि छैटौँ दिन शुक्रबार विहानबाट मतदान सुरु भएको हो । अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डे चुनावी मैदानमा छन् । आज पहिलो मत अध्यक्षका उम्मेदवार पाण्डेले दिएका थिए । त्यसपछि जोशी र ढुङ्गानाले मत दिए ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन् । चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?