यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

लोकपथ
119
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको ।

जसअनुसार आज अमेरिकी डलरमा हिजोको तुलनामा बिक्रीदर सामान्य घटेर आएको छ । आज एक अमेरिकी डलर बराबर १३२ रुपैयाँ २५ पैसा र बिक्री दर १३२ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४६ पैसा र बिक्री दर १३३ रुपैयाँ ०६ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, युरो एकको खरिद दर १४८ रुपैयाँ र बिक्री दर १४४ रुपैयाँ १४ पैसा रहेको छ ।

शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ५९ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ । बिहीबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०३ पैसा र बिक्री दर १६७ रुपैयाँ ७८ पैसामा कारोबार भएको थियो ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?