‘रुमानी रङ’ मा धिरज र साम्राज्ञीको जोडी

लोकपथ
0
Shares


काठमाडौं । मुख्य पात्रको भूमिकामा कलाकार धिरज मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह रहने फिल्म ‘रुमानी रङ’को राजधानीमा एक कार्यक्रमबीच घोषणा गरिएको छ ।ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालिसँग आविष्कार बाहु सञ्चार प्रालिको सहकार्यमा निर्माण हुने फिल्ममा अनिल योञ्जनको निर्देशन रहनेछ ।

फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ पछि धिरज र साम्राज्ञी पुनः सहकार्य गर्न लागेका हुन् । अभिनेत्री साम्राज्ञीले फिल्मको कथा मन परेपछि आफूले काम गरेको बताइन् । उनले धिरजसँग पुनः सहकार्य गर्न पाउनु आफ्ना लागि अर्को खुशीको कुरा भएका बताइन् ।

अभिनेता धिरजले फिल्मको अफर आएपछि कथा सुनेको र कथा मनपरेकाले अभिनय गर्न इच्छुक भएको खुलाए । उनले पछिल्लो समयमा नेपालमा प्रेमकथाका फिल्महरु कम मात्र बनिरहेको अवस्थामा ‘रुमानी रङ’ले दर्शकलाई फरक स्वादको प्रेमकथा दिने दाबी गरे ।

निर्देशक योञ्जनले फिल्मले प्रेमलाई कमेडीको लयमा भन्ने बताए । अनिलले यसअघि फिल्म ‘डायरी’ निर्देशन गरेका थिए । फिल्ममा अनिलकै पटकथा तथा संवाद पनि रहनेछ ।जीएम ठकुरीको प्रस्तुतिमा बन्न लागेको फिल्मको कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । फिल्ममा महेश पौडेलको छायांकन हुनेछ ।

निर्देशक योञ्जनका अनुसार आगामी वर्षका वैशाखबाट छायांकनमा जाने फिल्मको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?