बलिउड अभिनेत्री रकुल प्रीत सिंहले गरिन् विवाह

लोकपथ
1.1k
Shares

काठमाडौं । बलिउड अभिनेत्री रकुल प्रीत सिंहले अभिनेता ज्याकी भगनानीसँग विवाह गरेर जीवनको नयाँ सुरुवात गरेकी छिन् ।

फिल्म ’यारिया’ बाट बलिउडमा डेब्यु गरेकी रकुलले छोटो समयमा नै चर्चा बटुल्न सफल भएकी छिन् ।

आफ्नो करियरमा उचाइमा पुगेपछि उनले २१ फेब्रअरीमा गोवामा ज्याकी भगनानीसँग विवाह गरेकी हुन् ।

बिहेपछि रकुल आफ्नो पतिसँग नयाँ घरमा सिफ्ट हुनेछिन् । बलिउड फिल्ममा आफ्नो अभिनयले दर्शकको मन जित्न सफल भएकी रकुल मुम्बईमा एक आलीसान घरको मालिक भएपनि आफ्नो पतिको घरमा सिफ्ट हुन लागेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?