९ फाल्गुन २०८०, बुधबार

आफ्नै गृहजिल्लामा बाबुरामलाई यसरी लाग्यो झड्का

२०७४,कार्तिक,१२,आईतवार ०७:२७

0
Shares

काठमाडौँ, १२ कात्तिक नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको विकास र समृद्धिका लागि माओवादी केन्द्र र वाम गठबन्धनको विकल्प नभएको बताएका छन डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य तथा गोरखाका समाजसेवी वासु पोखरेललगायत एक दर्जन नेता तथा कार्यकर्तालाई आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा स्वागत गर्दै उनले गोरखा जिल्ला वामपन्थी शक्तिको आधार क्षेत्र रहेको बताए उनले माओवादी जनयुद्धको केन्द्रका रूपमा रहेको गोरखा जिल्लालाई आर्थिक, सामाजिक रूपमा विकासको उच्च शिखरमा पु¥याउने योजना आफूहरूसँग मात्रै रहेको दाबी गरे अध्यक्ष दाहालले डा भट्टराईका पछिल्ला कदमले स्वयं भट्टराई र नयाँ शक्तिलाई संकटमा पारिरहेको बताए गोरखा जिल्लाका नयाँ शक्तिका नेता पोखरेल सो पार्टीको केन्द्रीय परिषद् सदस्य तथा काठमाडौं क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार समेत हुन “सानो समूहबाट मुलुकको समृद्धि र राजनीतिक भविष्य सम्भव छैन“, माओवादी प्रवेश गर्दै नेता पोख्रेलले भने, “म विगतमा माओवादी केन्द्रमा नै सक्रिय थिएँ, बीचमा बाबुराम भट्टराईले केही गर्नुहुन्छ कि भन्ने ठानेर नयाँ शक्तिमा लागें । तर, नयाँ शक्ति आफ्नै अस्तित्वको संकटमा छ ।“माओवादी केन्द्रका नेता एवं गोरखा क्षेत्र नं. २ का उम्मेदवार नारायणकाजी श्रेष्ठले नयाँ शक्तिबाट दिनहुँ माओवादी केन्द्रमा प्रवेशको लहर चलेको बताउँदै वाम गठबन्धनले जिते मात्र देशको स्थिरता र समृद्धि सम्भव हुने बताए ।

प्रकाशित मिति: २०७४,कार्तिक,१२,आईतवार ०७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रविधिको विकाससँगै पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण, कृषिदेखि अन्तरिक्ष अन्वेषणसम्मका क्षेत्रमा मानिसहरुलाई

गोदावरी । मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि समूहगत छलफल सुरू हुँदैछ । ललितपुरको गोदावरीमा सोमबार उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूर्णरुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियान सञ्चालन गरिरहेका नेताहरु सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्

ताजा समाचार

नामिवियाको सातौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १४:३६
रुकुममा एकजना मृत अवस्थामा फेला
 २०८०,फाल्गुन,९,बुधबार १४:२७
नामिवियाको पाँचौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १३:५५
नामिवियाले गुमायो चौथो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:३७
नामिवियाले गुमायो तेस्रो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:२२
नामिवियाको पहिलो विकेट पतन
 २०८०,फाल्गुन,९,बुधबार १२:३७